Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेवविरुद्ध ओलीको आक्रोश

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् । सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष ओलीले आफूविरुद्ध ‘खेल’ खेलिएको र त्यसको सामना गर्न आफू तयार रहेको बताउँदै सचिवालयले गरेको वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय नमान्ने चेतावनी फोन गरेर बताएको एक जना सचिवालय सदस्यले खबरहबलाई जानकारी दिए । तर अर्का सचिवालय सदस्य झलनाथ खनालले भने अध्यक्ष ओलीको उपस्थितिमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय भएकोले उल्टिने सम्भावना नरहेको बताए ।
बैठकमा अध्यक्ष पनि हुनुहुन्थ्यो र उपाध्यक्ष गौतमको नाममा कसैपनि असहति जनाएको छैन, उनले भने । उनले सचिवालयले गरेको निर्णय उल्ट्याउने कुराको कल्पना गर्न नसकिने बताउँदै यदी त्यस्तो कुरा आएको छ भने त्यो गलत भएको बताए ।
सचिवालयले गरेको निर्णय उल्ट्याउने कुरा हुँदैन, नेता खनालले भने, यदि त्यस्तो कुरा आएको छ भने त्यो राम्रो होइन ।
पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूविरुद्ध योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आक्रोश पोखेका थिए । ‘पछिल्ला केहि दिनमा विकसिक भएका घटनाहरुलाई हेर्ने हो भने मेरा विरुद्धको खेल हो, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने, म यो सबै सामना गर्न तयार छु । उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए । तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।
ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयमाथि समेत शंसय पैदा एक जना सचिवालय सदस्यले बताए ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल