Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेव र खतिवडाको विवादले बैठक सर्यो

काठमाडौं । महिनौदलेखि सर्दै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक चार घण्टा पछि सरेको छ । बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय गरिएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो । आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्ने एजेण्डा छ । तर रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्ने नेकपामा एकमत हुन सकेको छैन । ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई पठाउने पक्षमा छन् भने अन्य सचिवालयका बहुमत नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने अडानमा छन् ।