Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वाम एकताका बाधक को ?

काठमाडौं । अहिले त गठबन्धनमा पनि हुनुहुन्छ । तैपनि के हो के हो १५ वर्ष माधवले पार्टी चलाउनु भयो । प्रधानन्त्री पनि हुनु भयो । पार्टीका वरिष्ठ नेता भएर अध्यक्षसँगै बसेर किचकिच किचकिच । म बाट त्यस्तो हुँदैन, सहयोग र सुझाव मागे दिने हो पार्टी अध्यक्षलाई कचकच गर्नु राम्रो होइन । झलनाथजी प्रधानमन्त्री हुुनुभो १३ वर्ष पार्टी चलाउनुभयो । मेरो भाग खोई भन्न छाड्नु हुन्न । यसरी पार्टी चल्दैन । मबाट त्यस्तो हुँदैन । भाग खोज्ने राजनीतिले ग्रस्त कम्युनिष्टहरूको वर्णत गर्ने, एमाले अध्यक्ष केपी ओली एक्लो निर्णयकर्ता हुलका हुल नेता हुन् । जसले सामूहिकता लत्याएका कारण ०७४ को चुनावले वामपन्थीहरूको मिलन भत्काएर राप्रपा जस्तो प्रतिगामी तत्वलाई राजतन्त्रको वकालत गर्ने गणतन्त्रको हुर्मत लिन सक्ने ठाउँमा पु¥याए ।
पछुतो त केपीलाई पनि लाग्दो हो । किनकि ०७४ मा एक्लो साढे भएर संविधान कुल्चेर संसदको हुर्मत लिएर रातारात भंग गर्ने अवैधानिक संवैधानिक नियुक्त गर्ने काम छाति खोलेर गरेका थिए । गल्ती जसले जहाँबाट ग¥यो उसैले सच्याउनु माक्र्सवादले अँगालेको द्वन्द्वात्मक भौतिवादभित्रको संघर्ष, एकता र फेरि संघर्ष हो । विचार नमिल्दा संघर्ष हुन्छ, संघर्षले वार्ता गराउँछ, वार्ताले एकता गराउँछ । माओवादी र एमालेबीचको सहकार्य त्यही हो । तर १० सिटे पार्टीलाई प्रधानमन्त्री पनि चाहिएको छ । जति त्यो पार्टीका सांसद छन् ती सबैलाई मन्त्री पनि चाहिएको छ । केपी र प्रचण्डले एकीकृतका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपतिले मनोनित गर्ने सरकारले सिफारिश गर्ने राष्ट्रियसभा सांसद दिएर मिशन ०८४ को तयारीमा लाग्ने दिन आउला ? देशले सिद्धान्त, विचार, नीति मिल्ने वामपन्थी मिल भन्छ । तर एमाले माओवादी नेतामा आफैं कमाउने जनतालाई गिज्याउने छ । चुनाव महंगो बनाउने लोकतन्त्रको समृद्धि र विकास भनेकै नेताले लुट्ने, कार्यकर्ता ठग्ने भएको छ । कम्युनिष्ट भनेको छ सत्ता र कुर्सी गाडी र महलमा रमाएका छन् । प्रचण्ड र केपी अ‍ोली कार्यक्रम र योजनाका साथ जनतामा गए भने हरेक ठाउँमा भाग खोज्ने धतुरेहरूको हरिबिजोग हुनेछ । त्यो बेला कम्युनिष्ट आदर्श खोज्नु पर्दैन । गणतन्त्रको फल खाने यसलाई जनमुखी बनाउन सुझाव, सल्लाह दिन नपर्ने मोहनविक्रम सिंह र मोहन वैद्यहरूको नेपाली कम्युनिष्ट आन्दोलनले अब आशा गर्दैन । गठबन्धनलाई सघाउन एमाले फुटाइयो, हामीले के पाइयो ? झलनाथ खनाल र माधव नेपालले अन्तर पार्टी बैठकमा गरेको यस्तो गुनासो पार्टीको अन्तर कुन्तरबाट फैलिएको हो । पार्टीको संगठन बनाउनु नपर्ने, राजनीतिगर्दा जेल नेल खाएका नेता कार्यकर्ताले टिकट नपाउने, ठेकेदार र व्यापारीले टिकट पाउने केपी कालको शुरुवात माधव कालमा समेत जारी छ । तर पनि फुर्ति यिनकै छ । केपी ओलीले माधवसँग शंका गर्नु स्वाभाविक छ । किनकि जो राष्ट्रिय पार्टी होइन । १० जना सांसद छन्, आधा ठेकेदार र व्यापारी छन् । विधि, प्रक्रियाका कुरा गर्छन् । जमानत जफत गर्न इलाम र बझाङमा उम्मेदवारी दिन्छन् यो चु्नावमा एकीकृतले पाएको भोटले राष्ट्रिय पार्टी बन्दैन । आफ्नो स्थान जोगाउन विचार गर्ने सदबुद्धि कसले देला ?


सम्बन्धित समाचार

मेलम्ची प्रचार भयो, व्यवस्थापन भएन

२०८१ जेष्ठ १

ताजा नेपाल

गुरु डा. गोविन्द र चेला गगनको लडाइँ

२०८१ जेष्ठ १

ताजा नेपाल

प्रचण्डको काँधमा केपीको बन्दूक

२०८१ जेष्ठ १

ताजा नेपाल