Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वाम गठबन्धन जोड्दै काँग्रेस

  • इश्वरी वाग्ले

घुच्चुकमा एक मुक्का दियो भने बुद्धि बिग्रेकाहरूको होस आउँछ । अहिले यो देशका तीन तानाशाहको चरित्रले मुलुकलाई बन्दी बनाएको छ । एमालेको अहंकार आफ्नै छ, काँग्रेस आफ्नै दम्ब र अहंकारले ग्रस्त छ । डा. शेखर र गगनको रत्यौलीले काँग्रेसमा उथलपुथल हुन्छ भन्ने सोचेकाहरूलाई पनि लता¥यो । मौन धारणमा रहेका कृष्ण सिटौलालाई बाख्रेकाजीको तुजुकले मौन बसायो । उनको ग्रुपबाट संसदको टिकट पाएर माओवादीको भोटले चुनाव जितेको प्रदीप पौडेलहरू महासमितिमा दर्शक भए । हिन्दू धर्मको नारा उराल्दै २२३५ प्रतिनिधिमध्ये १ हजार ६१ प्रतिनिधिको साथ पाएका केन्द्रीय सदस्य शंकर भण्डारीको फुरफुर पनि काम लागेन । देशले वाम एकता खोजेको छ । काँग्रेस मातेर यस्तो अवसर दिएको छ । यो अवसरलाई पूर्णता दिनु पर्ने समयमा एमालेमा जो भ्रष्ट छ उसैलाई पार्टी शुद्धिकरण र सुदृढीकरणको जिम्मामा दिएर घरकी पत्नी बाहेक रखैल राख्ने परशस्त्रीतिर माया प्रेम जोड्नेहरू लिएर आफ्नै कारण खुस्किएको वामपन्थी गठबन्धन पुन जोड्नु सट्टा घर पोलेर खरानी ताप्दैछन् । नमच्चिने पिङको सय झड्का भने यस्तै हो । नेपाली काँग्रेसको महासमिति बैठक ? चार दिने बैठक चार जनाको प्रतिवेदन पारित भए । तर काँग्रेस आफैं चुर्लुम्म डुबेको भ्रष्टाचार, बेथितिका बारेमा उसैकोे प्रतिवेदनले एक शब्द बोलेन । धन्न छ काँग्रेस, आफैंसँग भ्रष्टहरू राखेर काँग्रेसले चलाएको गठबन्धन विरुद्धको ऐलान केबल नाटक मात्र थियो । टेरामेक्स प्रकरणका दुई पौरखीहरूलाई मञ्चमा सहभागी गराएर सम्पन्न महासमितिमा भुटानी शरणार्थी प्रकरणका नायक पनि पार्टीमा सम्पत्ति भए । विचित्रको काँग्रेससँग ऐतिहासिक र सहासिक मुद्दा भएनन् किनकि सरकारले ललिता निवास, बासबारी जग्गा प्रकरण, मेलञ्चीको भ्रष्टाचार, सुन तस्करी, गिरीबन्धु टि स्टेट, पशुपतिको सुन जलारी, नेपाल ट्रष्टको जमिन फिर्ता, बन्द भएका चार उद्योग सञ्चालनको निर्णय जस्ता एन दर्जन राम्रा काम ग¥यो । सुन तस्करी र नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा सरकार कठोर बन्दा नै काँग्रेस छटपटाएको थियो । काँग्रेसका आफन्तले देश खाए पनि प्रजातन्त्र हुने अरुले गरेको काममा चासो नदिने प्रवृत्ति छ । त्यसको शिकार गगन पनि हुन् । महासमितिमा काँग्रेसले नालायक, असक्षम मन्त्रीका बारेमा सहभागीहरूले उठाएका प्रश्नको बारेमा बोलेन । गठबन्धन भत्काउने र काँग्रेस काँग्रेस बनेर जाने कुरा बाहेक युवा महामन्त्री गगन थापाको पनि तुजुक देखिएन । भ्रष्टाचार र बेथितिका कुरामा युवा नेताहरूको ध्यान गएन । जुन विषय मुल मुद्दा बन्नु पथ्र्यो । मुलुकको विकास र समृद्धिमा सहभागीहरूको समेत चिन्ता देखिएन । सभापति देउवालाई अप्ठ्यारो पार्ने गगन थापाको योजना संस्थापन पक्षले चाहँदा असफल बन्न सक्थ्यो । तर संयमता अपनाइयो किनकि गठबन्धन जुन उद्देश्यले बन्यो जस्ता मुद्दा थिए त्यसमा सबै शक्ति एक थिए । चुनावमा १६५ सीटमा काँग्रेस, ९५ सिटमा उम्मेदवार थियो । माओवादीसँग रिस गरेर उसैले ल्याइदिएको गणतन्त्रको फल खाने काँग्रेसका बदनाम पात्र कति छन् । चुनावमा माओवादी ३५ सिटमा उठेको हो । भ्रष्टाचार र अनियमितता काँग्रेसका तीनमा मौलाएको छ । जो गठबन्धन विरोधी छन् । महासमिति बैठकमा पेश भएका प्रतिवेदनले नत माफियाका विरुद्ध बोल्यो न त तस्करी तन्त्र र घुसखोरी नियन्त्रण गर्न यो बैठक माग गर्दछ भन्न सक्यो । केन्द्रीय समितिलाई जिम्मा दिएका मुद्दा कस्ता छन् ? जहाँ भष्मासुरहरूको बाहुल्यता छ । काँग्रेसभित्र डा. शेखर कोइराला त्यस्ता पात्र हुन् जसले गुन र नुन चिन्दैनन् भन्ने कुरा ०७४ मा वाम गठबन्धनसँग पराजित भएर ०७९ मा चुनाव जित्दा माओवादीको साथ लिएको चटक्कै बिर्से । उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदन विरुद्ध डा. शेखरको फरक दृष्टिकोण थियो । तर महासमितिमा त्यो बिलायो । अर्का महामन्त्री विश्वप्रकाश शर्माको नीतिगत प्रतिवेदनलाई कसैको विमती भएन । औचित्यका आधारमा भएको गठबन्धन आवशयकता जहिलेसम्म हुन्छ त्यसबेलासम्म हुने हो । माओवादीले पनि सधैं हुनुपर्छ भनेको छैन । आज काँग्रेसलाई कसरी शसक्त बनाउने भन्ने चिन्ता धेरैको थियो । देशले आजको यो आवश्यकतालाई पूरा गर्ने दायित्व लिएको काँग्रेसमा सरकार भत्काउनु नै बहादुरी ठानिन्छ । गगनको ध्यान त्यसैमा गयो । डा. शेखर आफ्नो स्वार्थमा कति डुबे भन्ने कुरा उनको टीमले जसरी पनि सरकारलाई असहयोग गर्नु हो । मन्त्री पदमा उनका पनि छन् । तर उनका मन्त्रीले कस्तो काम गरे ? त्यसको लेखाजोखा छैन । मुलुक विकास भन्दा विनासतिर लम्केको छ । काम गर्नेले भुक्तानी पाउँदैन । डा. शेखरको डाक्टरीमा त्यसले ठाउँ पाउँदैन । अर्थमन्त्री काँग्रेसकै छन् । काँग्रेस महासमितिमा त्यो कुरा उठाउँदैन । अर्थमन्त्री आर्थिक प्रतिवेदन पेश गर्छन् देशको अर्थतन्त्र सुधारेको दाबी गर्छन् तर काम सम्पन्न भएका आयोजनाको भुक्तानी दिने कुरामा चासो लिँदैनन् । यस्तो नालायकीले कसरी सरकारले विकास खर्च बढाउने हो । मै हुँ भन्नेहरूको प्रतिवेदनमा पनि त्यो देखिएन । देशमा काँग्रेस मात्र छैन नत संसद चलाउन काँग्रेस जिम्मेवार छ न त सरकारका योजना सफल पार्न त्यो काँग्रेसले साथ दिएको छ । मिटरब्याज, लघुवित्त, सहकारीको ठगीका बारेमा काँग्रेसले केन्द्रीय समितिलाई पन्छाएर महासमितिमा समेत त्यो नालायक बनेर कसरी चुनाव एक्लै लडेर धेरै सिट जित्छ ? त्यो हेर्न बाँकी छ । चुनाव ४ वर्ष पछि आउँछ ।
भ्रष्ट र नालायक पात्रको संरक्षक काँग्रेस हो भन्ने कुराको प्रमाण नै अर्थ, स्वास्थ्य, कानुन, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री हुन् । परराष्ट्रमन्त्री अर्को लेन्डुप नै हुन् । जसलाई भारतीय खुफियाले परराष्ट्रमन्त्री बनायो । कुटनीतिक तहमा पूर्ण असफल नारायणप्रसाद साउद, डा. आरजुको भरियाकै रूपमा चिनिन्छन् । यिनले कुटनीतिक क्षमता प्रदर्शन नगर्दा रुस–युक्रेन युद्धमा मारिएका नेपालीकोशव नेपालमा आएन उनैकै गृह गाउँका बिपिन जोशी विद्यार्थीको रूपमा कृषि फारमममा प्रशिक्षार्थी हुँदा इजरायलमा बेपत्ता भएको कति भयो ? परराष्ट्रमन्त्री साउदले बिर्सिए । नेपाली जनजीवनका यस्ता विषय काँग्रेसको महासमितिमा होइन केन्द्रीय समितिमा समेत प्रवेश पाउने पार्टीको स्पष्ट अवधारणा नआउने चलन छ । त्यो यस पटक छर्लङ्ग भएको छ ।