Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वायुसेवा निगममा भएन सुधार

काठमाडौं । जो पर्यटनमन्त्री बन्छ त्यो जहाज खरिद र भाडा काण्डमा फस्ने विगतको परम्परा माओवादीका निर्वतमान पर्यटनमन्त्री सुदन किराँतीले तोडेका छन् । वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न सकेको छैन । २ वटा वाइडवडी जहाज खरिद गर्दा लिएको त्यो ऋण तिर्न मन्त्री र सचिव मात्र होइनन् निगमका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकहरू पनि चासो लिँदैनन् । निगमको आम्दानी हुने चार्टर उडान रोकेर सौताको रूपमा भिœयाइएको हिमालयन एयरलाई व्यापार दिने नेकपा एमालेको ओली समूहले पर्यटनमन्त्रालय हाँक्दा गरेका पौरख प्रेम आले पर्यटनमन्त्री भएपछि पर्दाफास गरेका हुन् ।
निगमले ३ वटा जहाज आफ्नै श्रोतले खरिद गर्छ भन्ने हल्ला चलाएका माओवादीका सुदन किराँतीले स्टण्डबाजीमै रमाएर पद त्याग गरे । उनले रु ३ अर्बमा खरिद गर्ने ३ वटा जहाज कुन देशका थिए कति रूपैयाँ पथ्र्यो चासो भएन । तर वायुसेवा निगमलाई जहाज बेच्ने फ्रान्सेली कम्पनी अन्तर्गतकै युरोपेली युनियनसम्बद्ध देशले नेपाली उडानलाई कालो सूचिमा राखेको विषयले पर्यटनमन्त्री र मन्त्रालयको ध्यान खिचेन । निगमले जहाज खरिद गर्दा जी टु जी सिस्टम लागू गर्ने तत्कालिन मन्त्री बताउँथे । उनको पालामा टेण्डर पनि खुल्यो, तीन कम्पनीले भाग पनि लिए । तर त्यो योजना सुदन किराँतीसँगै थान्को लागेर अहिले एउटा न्यारोबडी जहाज भाडामा लिने तयारी भएको छ । निगमका कार्यकारी युवराज अधिकारी नै छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ आएका छन् । यो मन्त्रालय एमालेका नेताहरू योगेश भट्टराई, भानुभक्त ढकाल, रामनाथ ढकालले हाक्दा भन्दा बढी चर्चा स्व रविन्द्र अधिकारीले हाक्दा भयो । निगमलाई धसायायी पार्ने र निगमको सम्पत्ति यति समूहलाई सुम्पन तयार भएका केपी ओलीले छिमेकी मुलुक चीन र भारतको राजकीय भ्रमण गर्दा वायुसेवा निगमको जहाज प्रयोग नगरी हिमालयन एयर प्रयोग गरेका थिए । जबकि हिमालयन एयर चिनको उडान स्वीकृतिमा थिएन । नागरिक उड्डयन प्राधिकरणको भ्रष्ट टोलीको नेतृत्व गर्दै आएका प्रदीप अधिकारीका बदमासी अख्तियारमा चाङ लागेका छन् । तर अख्तियारले अधिकारीको छानविनमा ढिलाई गर्दा प्राधिकरणभित्र भ्रष्टाचार बढेको छ । तहगत रूपमा आफूभन्दा वरिष्ठ ६ जना सहसचिव तहका प्राविधिकहरूलाई पन्छाएर तत्कालिन मन्त्री प्रेम आले र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काँग्रेसकी भ्रष्ट कुलदेवी डा. आरजु राणा र माओवादीका पुष्पकमल दाहालसम्मलाई गच्छअनुसार करोड करोडका थैली बुझाउँदा २५ करोड खर्च गरेका प्रदीपलाई लगानी भएको रकम उठाउन भ्याई नभ्याई छ । उता, सुदन किराँतीले आन्तरिक सुधार र उचित व्यवस्थापन गरेर राष्ट्रिय ध्वजाबाहक कम्पनी वायुसेवा निगमको सुधार गर्ने भनेका काम अलपत्र छन् ।
निगमले व्यापार बढाउने योजना बनाएको बताइन्छ । निजी क्षेत्रले सेवा नदिएका दुर्गम पहाडी जिल्लाहरूमा बनेका एअरपोर्ट प्रयोगमा ल्याउन नयाँ जहाजको खोजी गरेका हल्लाखोर मन्त्रीको बहिर्गमनसँगै नयाँ जहाज खरिद योजना अलपत्र भएको छ । अहिले निगम एउटा जहाज भाडामा ल्याउने भन्दैछ । कमिशनका लागि नयाँ जहाज खरिद भन्दा भाडामा लिँदा देशको रकम थोरै खर्च हुनेगर्छ । वायुसेवा निगमका विषयमा चर्चा चल्दा प्रधानमन्त्री, पर्यटनमन्त्री, पर्यटनसचिव, वायुसेवा निगमको बोर्ड जोडिने गर्छ । निगमको आन्तरिक सुधार भन्दा स्वार्थ हेर्ने गरेकाले लाउडा र धमिजा काण्ड भएका थिए । एमालेबाट घोक्य्राइएका डा. भीम रावल पर्यटनमन्त्री बन्दा चाइना साउथ वेस्ट कम्पनीसँग मिलेर ४० करोड झ्वाम पारिएको कुरा पूर्वमन्त्री प्रेम आलले बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल पर्यटनमन्त्री भएका बेला पनि नक्कली जहाज कम्पनी खडा गरेर १ लाख ५० हजार डलर निगमबाट भुक्तानी गरियो । जहाज आएन । त्यो बेला हङकङ राना महाप्रबन्धक थिए । निगम धरासायी बनाउने धन्दा काँग्रेसले शुरु गर्दा सुजाता जोष्ट चर्चामा थिइन् । त्यो काण्डमा बलि चढाइए तारिणीदत्त चटौतको राजनीति खरानी भयो । पैसा खाने सुजाता अहिले पनि काँग्रेसबाट सांसद भएकै छिन् । निगमलाई व्यापारमा सफल बनाउन सुगतरत्न कंशाकार जसरी लागे उनलाई पनि माफियाहरूले फसाएकै हुन् ।
वायुसेवा निगमभित्रको बेथिति सबै लेखा समूहमा बसेर बुझेका र संस्थागत सुधारमा लाग्ने ठाउँ चिनेका युवराज अधिकारी कार्यकारी हुँदा समेत वायुसेवा निगमले मुहार फेर्न नसक्नुको कारण अझै पनि निगमलाई उकास्ने भन्दा मास्ने तत्व सक्रिय छ भन्ने संकेत गर्दछ । निगमको व्यवस्थापकीय संरचनामा इञ्जिनियरिङ सेवामै बढी भर पर्नु पर्ने अवस्था छ । देशको चिनारी अन्तर्राष्ट्रिय परिचय गराउने राष्ट्रिय ध्वजाबाहक कम्पनीप्रतिको विश्वास जगाउन आवश्यक छ । निगमलाई हिसिला यमी पर्यटनमन्त्री बन्दा वैद्य अर्गनाइजेशनका मालिकलाई पोस्ने गरी चीनबाट २ अनुदानमा पैसा तिरेर ३ खरिद गरिएका गरी ५ वटा चाइनिज जहाज भिœयाइयो । तीनै जहाजले निगमलाई डुबाए । नेपाली आकाश तिनले देखेनन् । जस्तो ल्यायो त्यस्तै राख्दा ती जहाज निगमका लागि घाँडो भएका छन् । अहिलेसम्म ती जहाज बिकेका छैनन् । मन्त्री हितबहादुर तामाङलाई त्यो ज्ञान छ कि छैन । अहिलेको लोसे पाराले बायुसेवा निगम सुध्रिँदैन । सरकारले देशको पहिचान दिने संस्था बनाउनु पर्दछ ।


सम्बन्धित समाचार