Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनताको थाप्लोमा ऋण बोकाउने, अस्थिर राज्य सञ्चालन गर्ने, पत्रकारलाई धरपकड गर्ने, प्रेस स्वतन्त्रताको धज्जी उडाउने, विज्ञापन रोक्ने र लोककल्याणकारी विज्ञापनको रकम काट्ने धम्की दिने लहडी शासकहरूको शुक्रबारको निर्णयले समाज आक्रान्त छ । बैङ्कमा पैसा छ, लगानी छैन । उद्योगीहरू पनि बेइमान छन् । एकथरीले नाफा कमाउँछन् तर ऋण तिर्दैनन् । ब्याज घटाउन सत्ता प्रयोग गरेको विगत छ । अर्कोथरी विद्युत् प्रयोग गर्छन् तर महसुल तिर्दैनन् । दलका नेताको खल्ती भरिएपछि राष्ट्र र जनता बिर्सन्छन् । तिनैलाई जनताले सधैँ साथ दिँदैनन् । हो, आश्वासनको विश्वास गर्ने दिन गए । सरकारले जनताका लागि केही गरेन । हामी काम गर्छौँ भनेको सरकारले सात महिनामा धेरै काम ग¥यो । त्यही काममध्ये पत्रकारले सत्ताका पौरखीहरूसँग जोडिएका समाचार लेख्दा धम्की पाएकै छन् । कर्मचारी फकाउन सचिवलाई ६० लाख, सहसचिवलाई ५० लाख र उपसचिवलाई ४० लाख ऋण दिएर गाडी किन्न लगाउने, त्यो गाडीमा दोस्रो पक्ष अर्थात् चालकले गाउँमा चलाउन पाउने र जसले गाडी किन्छ, उही चालक हुनुपर्ने रणनीति ल्याइएको छ । आर्थिक प्रगति यसरी नै गर्ने सरकारको योजना हो कि ? कर्मचारीलाई गाडी किन्दाको ऋणको ब्याज सरकारले तिर्ने भन्दैछ । जनताले शिक्षा, स्वास्थ्य र रोजगारीका लागि संघर्ष गर्नुपरेको छ । सरकारको अस्थिर चरित्रले बैङ्कहरूमा थुप्रिएको पैसा चलायमान हुन सकेको छैन । सरकारप्रति विश्वास नहुँदा बैङ्कमा पैसा थुप्रिएको छ । सरकारबाट सहुलियत कर्जा लिने र नक्कली उद्योगी बनेर ऋण लिने, समयमा ब्याज नतिर्ने डाँका शैलीका व्यापारीका कारण इमानदार उद्योगीको कार्यक्षेत्र ध्वस्त भएको हो । कर्मचारी फकाएर श्रमिक तथा गाडी चालकहरूको रोजगारी खोसेर बालेनपथले उत्पादन र निर्यातमा कति योगदान गर्छ ? आर्थिक सुधारको नाममा व्यापारीको नाफा मात्र होइन, सम्मानजनक पारिश्रमिक पनि महत्वपूर्ण हुन्छ ।
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल