Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विचारको राजनीति छैन, खुला पार्टी अराजक भएका छन् । सैद्धान्तिक लडाइँ कुनै दलमा छैन । हिजो काँग्रेसभन्दा कम्युनिष्ट नै राष्ट्रवादी देखिन्थे, समयले कम्युनिष्टहरूलाई लुटाहा, देशघाती, मातृभूमिको सुरक्षा नगर्ने, कमिशनमा काम गर्ने देशको पुँजीबजारलाई गुट र स्वार्थमा प्रयोग गर्न सक्रिय बनायो । नेकपाको एमाले गुटभित्रको केपी ओली टुकडी भष्मासुरको नायक रह्यो । हिजो कम्युनिष्ट र काँग्रेस देशभक्त र प्रजातन्त्रवादी थिए, आज काँग्रेस भारतीय दलाल बन्यो । एमालेको ओली समूहले राष्ट्रघाती महाकाली सन्धि गर्दा सूर्य पश्चिमबाट उदाउँछ, टनकपुरले नेपाललाई रु १२ खर्ब २० अर्ब हरेक वर्ष नेपाललाई दिलाउँछ भनेकै थिए । तर त्यो व्यवहारमा छैन । एमालेले महाकालीबाट राष्ट्रघात ग¥यो । एमसीसी भिœयाउन संसदमा लैजाने तुनाबुना बुन्यो । केपी ओलीले जे बोल्छन् त्यो नै एमालेको विधान र पार्टी नीति बन्यो ।
शुद्ध विदेशी दलाल सुभाष नेम्वाङहरूलाई संविधानविद् मान्दै गर्दा सङ्घीय गणतन्त्रमाथि क्रिश्चियानिटीको भरणपोषण देशले ग¥यो । गणतन्त्रको प्रचार गरेर नयाँ राजतन्त्रको उदय भएको बेला कम्युनिष्ट पार्टीमा केपी ओली नयाँ राजा बनेर आएका छन् । जसले एकल निर्णय गर्दा पार्टीको बुहपक्षीय संरचनाले केही लतार्न सकेन । त्यहाँ डनहरूको बर्चश्व छ । माओवादीले बन्दूकको भरमा देशको शासक बनेर पुग्दैन । देशको विकास गर्ने बौद्धिक जमातलाई हात लिएन । बन्दूक बोक्लेले पैसा र सुनमा ध्यान दिएको छ । त्यसको नमूना माओवादी केन्द्र बन्दैछ । माओवादी हिजोको इज्जतमा छैन । गणतन्त्र, सङ्घीयता, समावेशीताको एजेन्डा त्यागेर संसदीय दलमा बहुमतको रमझम देखाएको छ । सामूहिक नेतृत्वले चलाउने नेकपा व्यक्ति हावी भएको कारण कम्युनिष्ट नेताहरू फटाहा र लुटाहा भएका छन् । त्यसको ओली र प्रचण्ड नमूना बन्दैछन् । माओवादीले अवसर पायो तर युरोपेली युनियनको डलरले जनजाति, दलित, आदिवासी, मधेशी जस्ता छुट्टाछुट्टै राज्य बाँडेर मिलेको समाज भाँड्ने काम पनि माओवादीले नै गरेको हो ।
कृष्ण महरामाथि एमसीसी काण्ड लगाएर रोशनी शाही जोड्नु वा अग्नि सापकोटामाथि बुद्ध लामा हत्याकाण्डको तरबार कम्युनिष्टको नाममा एमालेका केपी ओलीले झुण्ड्याउनु पार्टीको बेइज्जत हो । अमेरिकामा छोराछोरी, इष्टमित्र पठाएर नेपालमा डिठ्ठा र खरदार बन्ने कम्युनिष्ट र काँग्रेस नेपालमा एमसीसी विवाद चलाएर असफल असक्षम देशद्रोही शक्ति बनेका छन् । मुखको कम्युनिष्ट व्यवहारमा झ्वामनिष्ट भएको वर्तमानमा अमेरिकी अनुदानमा कथित राष्ट्रवाद नाचेकै हो । अहिले देशको विकास भन्दा शिक्षा र स्वास्थ्यमा व्यापार गर्न लगानी बढाउने कम्युनिष्ट धेरै छन् । समाजवादमा जाने हो भने समुदायको वन, पानी, सडकलाई व्यापारीकरण गरेर हुँदैन । आफ्ना छोरा छोरी महंगा स्कुल र कलेजमा पढाउने, जनताका छोराछोरीलाई सामुदायिक स्कुल र क्याम्पसमा जान बाध्य बनाउने पनि काँग्रेस र कम्युनिष्ट हुन् । जसले खुला राजनीतिमा आएपछि पार्टीको सिद्धान्त, दर्शन त्यागेका छन् । काँग्रेसका प्रदीप गिरी, एमालेका घनश्याम भुसाल, माओवादीका राम कार्कीहरू दर्शनका कुरा गर्छन् । तर देशमा शिक्षा र स्वास्थ्यको व्यापार गरेर सर्वहारा वर्गको गित गाएका केपी र प्रचण्डहरूले जनता ठग्ने र कार्यकर्तालाई गुटमुखी बनाएकोमा भण्डाफोर गर्दैनन् ।
नेपालको वैदेशिक नीति र विकासे नीति के हो ? देशका ठूला दलहरूले दीर्घकालीन राजनीति गरेका छैनन् । यिनमा अनुदान सहायता, ऋण जस्ता कुरामा समेत स्पष्ट दृष्टिकोण देखिएन । सबै दलहरूमा युवा पिढीलाई अग्रसर बन्न दिइएको छैन । जसले संसदीय मोर्चामा सहभागिता नै जनाएन आफ्ना वरपरका दलाल हनुमान र श्रीमतीलाई सदनमा पठायो र आफू एक्लो फिलोसोपीको रटान गर्दैछ । त्यसले नेपाली राजनीति बेरोजगारहरूको
थातथलो बनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल