Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछी राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ। राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो। खाना खाने समय भएको भन्दै बैठक स्थगित गरेको समयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो।

पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै भ्रष्टाचारी भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो ।
आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भयो । आरोप प्रत्यारोप चल्यो । अध्यक्ष लगायतका सिनियर नेताले थुमथुम्याउने प्रयास गरे । तर, पाण्डे भने श्रेष्ठको भनाइ फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठे ।

पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिए । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भयो । यो घटनापछि नेताहरूले दुख व्यक्त गरे । पार्टीको जिम्मेवार नेतालाई भ्रष्टाचारी भन्नु ठिक नभएको राय धेरैको थियो ।

एक छिनपछि पाण्डे बैठकबाट उठेर सरासर बाहिर गए । केही मिनेटमा फेरि फर्किए । अध्यक्ष लिङदेनले खाना खानका लागि बैठक स्थगित गरे । सबै नेताहरू बाहिरिन थाले ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि आक्रमण भएको थियो। बैठकमा नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भएको आरोप समेत लगाएका थिए। त्यसपछि दुई पक्षबीच भनाभन समेत भएको थियो। बैठक स्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो। कार्यसम्पादन समितिका एक सदस्यका अनुसार ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल