Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्। उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ, ललितपुरको सानेपामा बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले भने। तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए।
गुटबन्दी सुरु गर्ने ओली
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको बताएका छन् । बुधबार खनाल(नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले मदन भण्डारी फाउण्डेशन गठन गरेर ओलीले गुटको सुरुवात गरेको बताएका हुन् । ओलीका कारण पार्टीभित्र विधि,पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाइ छ । ओली सरकारले पार्टीका विचार र धारणा लागू गराउन नसकेको उनले दाबी गरे । भ्रष्टाचारलाई संरक्षण र देशलाई अग्रगतिसँग ओली सरकारले लैजान नसकेको उनले बताए । दक्षिणपन्थी अवसरावदीतर्फ ओलीको सरकार गएको उनको भनाइ छ । ओलीले सत्यलाई छोपेर मिथ्यालई अगाडि बढाउने काम गरेको नेता सुरेन्द्र पाण्डेले बताए ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल