Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचलित भएको वामपन्थी जनमत

जतिसुकै गित गाए पनि नेपालका नेताहरूमा पार्टीको सिद्धान्त र त्यागको विश्लेषण गर्ने पक्षमा छैनन् । पदमा नपुग्दासम्म अरुलाई आदर्शका पाठ सिकाउनेहरू पदमा पुगेपछि कस्ता भए त्यो छर्लङ्ग छ । एमालेका नेता सुकुम्बासी ललिता निवास प्रेमी भए केपी ओली राज्यको पैसाले उपचार गरे । चार पटक प्रम भए अन्यत्र नबनाए पनि झापामा गतिलो अस्पताल बनाउन सकेनन् । हावामा बिजुली, घरघरमा ग्यासको पाइप मात्र उनको कथन भएन गाउँ ठाउँमा रेलको कथा समुद्र नभएको देशमा पानी जहाजको कोलाहल चलाएर देशको ढुकुटी खरानी पारेकै हुन् ।
चरित्रमा ओली गणतन्त्रवादी पनि होइनन् । देशभक्त, वापमन्थी पनि होइनन् । सामन्तवादी चेतनाले उचालिएका ओलीले पार्टी कस्तो बनाएका छन् उनको भक्त कस्ता छन् त्यो भन्नै पर्दैन । ओली कुनै पनि आन्दोलनको नेतृत्वकर्ता होइनन् । जसरी माओवादीका अध्यक्ष प्रचण्ड ज्यान जोखिममा राखेर तत्कालिन व्यवस्था र राजतन्त्र विरुद्ध दश वर्ष युद्ध लडे, कतिलाई त्यो आन्दोलन अस्वीकार्य हुन सक्छ । तर व्यवस्था बदल्यो २३४ वर्षे राजतन्त्र हटायो । आज दलका लुटाहा नयाँ राजा बन्न पाएका छन् । नेता भ्रष्ट, पदलोलुप र स्वार्थी छन् तर कार्यकर्ता त्यागी थिए । व्यवस्थाको इज्जत नेताले जोगाउने हो । कुर्सी र पद पाएपछि देशको ढुकुटीमा आउने राजश्व झ्वाम पारेर कम्बोडिया टेलिकममा लगानी गर्ने करोडको जग्गामा दरबार खडा गरेर शासक बन्ने प्रवृत्ति त्यागी होइन । त्यो प्रवृत्ति बलिदानको रक्षक बन्नै सक्दैन । सिद्धान्त र व्यवहारको समिक्षा गर्दा कम्युनिष्ट पार्टीकै नेता आलोचनाका पात्र बन्छन् । नेपाली काँग्रेससँग जनताको बहुदलीय जनवाद र समाजवाद उन्मुख राज्य स्थापना भएन भनेर पाइँदैन । किनकि काँग्रेस अर्ध सामन्ती वर्ग हो । त्यसले रोजगारी दिँदैन जनतालाई सेवा गर्दैन । जनसेवी भनिएका कम्युनिष्टलाई त सुन तस्करी गर्ने सार्वजनिक जमिन माफियालाई बाँड्ने विद्युत महसुल नतिर भनेर राजश्व मारा, कालो बजार प्रेमी बन्ने कमिशन लिएर उत्पादन महंगो बनाउने धन्दा प्यारो भयो । त्यस्ताको त्याग र समर्पण कहाँ खोज्ने अध्येता र अनुसन्धानकर्ताले कहाँ पाउने ? प्रचण्डकै बेला बखतका कुरा ख्याल ख्यालका लाग्न थालेका छन् । उनलाई पार्टीको कमाण्ड अरुले सहज रुपमा लिन्छ भन्ने विश्वासै छैन । किनकि प्रचण्डलाई धारेहात लगाउँदै छुट्टिएका कसैले पनि त्याग र बलिदानको हेक्का गरेनन् । पदीय स्वार्थ र आनन्द सबैले खोजेकै हुन् । ओलीले राधा कृष्ण मैनाली, सीपी मैनालीलाई पहिले नै खेदे । आफू स्वार्थ अनुकुल उमेरहद लगाएर अरुलाई खेद्यो । स्वार्थमा विधान फे¥यो अविछिन्न पार्टीको महाराज । उनका खेताला कस्ताछन् ? जो राज्य लुटमा सफल मात्र छैनन् पार्टीकै महिला कार्यकर्तामाथि यौन शोषण गरे पनि ओलीको आशिर्वादले कारबाहीबाट बचेका छन् । त्यो हदसम्म माअ‍ोवदीमा अब छैन । रामबहादुरलाई ओलीले लगे, रामकार्की जनादर्शनले बोके, हरिबोल बाँकी थिए आफैं बाटो तताए । चुनाव एमालेसँग जनार्दन डा. बाबुराम, नेत्रविक्रम चन्दले गरेको गठबन्धन सिद्धान्त, विचार कार्यक्रम मिलेर हो कि ? माओवादी जनयुद्धले अर्पेको एजेन्डासँग मेल खान्छ । कसले पार्टी छोड् भनेर तिनले छोडे ? प्रचण्ड सिद्धान्त, विचारबाट पतीत भएका भष्मासुर श्री ३ केपी ओली जनवादी हुन्छन् ? जनयुद्धको समयको त्याग समर्पण, बलिदानमाथि गद्दारी गर्ने मोहन वैद्य, सीपी गजुरेल, डा. बाबुराम, नेत्रविक्रम, जनार्दन, राम कार्की, हरिबोल पनि हुन् । किनकि पार्टीको कमाण्डमा यिनै थिए । अरुलाई दोष दिनेले आफ्नो मुहार हेरेको खोई ? भान्सामा मसिनाको भात, स्तरीय रक्सी खल्तीमा पैसाको चाहना राखेर नै मन्त्री पदमा हुँदा राज्य दोहन गर्न एमाले ओली भन्दा कम छैनन्, प्रचण्डलाई त्याग्नेहरू पनि । चुनावमा एजेन्डा पस्कन सकिन्छ । अधुरो जनयुद्ध सफल बनाउन चन्दले पौरख गर्दा पार्टीभित्र प्रतिबन्ध लगाउने को थियो ? जसले आफ्नै वडामा चुनाव जित्दैन, त्यसले क्रान्तिकारीता प्रदर्शन किन गर्ने ? एक सिटका लागि चन्द २ सिटका लागि जनार्दन र बाबुरामले उमारेको पार्टी प्रगतिशिल लोकतान्त्रिक समाजवादी र नेकपा एमालेको गठबन्धन कठै भन्नु पर्ने भएको छ । प्रचण्डले त विचार, कार्यक्रम मिल्नेसँग पार्टी एकता गरेका हुन् । संख्या जति भए पनि माओवादी, एकीकृत समाजवादी बीचमा भएको एकता कार्यक्रम, विचार र दर्शनको सामिप्यता मिलेको छ । पदका लागि लडाई हुनसक्छ । थोरै ठाउँमा आकांक्षी धेरै हुँदा भोलि खुम्चने जेनजी आन्दोलनको कत्लेआम सही ठानेर नै एमालेको पछि लागेका हुन् । वामपन्थी जनमत यस्तै धतुरेहरूबाट दिक्क छ । जो पद र कुर्सीका लागि भाद्र २३ को नरसंहारकर्तालाई महाराज ठानेर ढोगभेट गर्दैछन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल