Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचारको फूलबारी सुन्दर राजनीति विश्वभरि

मेरा साना दुखले अज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो सबैलाई चेतना भया” । यो आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको सबभन्दा सुन्दर र शक्तिशाली विचार हो । हाम्रो उत्कृष्ट पूर्वीय दर्शन वशुदैव कुटुम्वकम्को अर्कौ संस्करण भनेको नै सबै जातको साझा फूलबारी हो । यो विश्वभरिको लागि शान्ति, समानता भाइचारा हार्दिकता सहकार्य एकता र आनन्दको छुट्टै मौलिक फूलबारी दर्शन हो । सबै जातको फूलबारी आफैमा सबैको हक र हैसियत बराबरी भन्ने अक्षर र भावना बोकेको समानता सामजिक न्याय र सुखी एवं खुशी परिणामको फूलबारी दर्शन हो । यो विश्व्यापी सत्य हो ।

पृथ्वीनारायण शाह नेपाल राष्ट्र एकिकरण (पुन एकिकरण) अभियानमा सरिक हरेक हामीका म हुन् र हरेक म का हामी हुन् । हामी हरेकका सार उनी हुन् र उनको मेरो रूपमा हाम्रो सार छ । नेपाल एकिकरण अभियानले विश्वलाई फूलबारी दर्शनको सुनौलो विहान बोकेर आएको छ । यो फूलबारी दर्शनलाई नेपालीले बुझ्नु र पुज्नु पर्दछ । र फूलबारी दर्शनलाई नेपालीले नेपालको राज्यव्यवस्था र समाज व्यवस्थामा सुन्दर किसिमले व्यवहारमा प्रयोग गरेर उदाहरणीय र अनुकरणीय नेपाल विश्वसामु प्रस्तुत गर्ने उपाया खोज्नु पर्दछ ।

गोपालवंश, महिषपालवंश, किरात, खश, लिच्छवी, मल्ल आदि वंशहरूको पाला देखि नै जुट्ने र टुट्ने क्रममा गुज्रीरहेको नेपाललाई कसैन कसैले पुन एकिकरण गरेर एक ढिक्कामा जोड्नु नै पर्ने नै हुन्थ्यो । त्यो ऐतिहासिक अभिभारा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी साहस र दृढ अठोटको नेतृत्वले एकिकृत बलियो नेपालको आधार खडा गर्न सफल भयो । यहि सफलताको आधार माथि उभिएर यसको अनुभव र विशेषताको सार खिचेर उनले फूलबारी दर्शन अधि सारेका हुन् ।

पहिलो त कुनै पनि मुलुकको एकिकरण आफैमा कठिन काम हो । नेपालको पुुनएकिकरणको ऐतिहासिक महत्व र आवश्यकता बुझ्न नसकेकाहरूमाथि बल प्रयोग अनिवार्य राष्ट्रिय आवश्यकता थियो । र त्यो गर्नु नै परो पृथ्वीनारायण शाहले । नेपाल एकिकरणमा भाँजो हाल्न सत्ता स्वार्थका अदुरदर्शी शासकले झिकाएको बलियो अंगे्रजशक्तिलाई खुट्टा टेक्न नदि लखेट्नु झन कठिन र दुख माथिको दुख थियो । आर्थिक अभाव र प्रियजनहरू, भरोषायोग्य नायक र योध्दाहरूको वलिदान आदि सबैको सार हो मेरा साना दुखले अज्र्याको मुलुक होइन भन्ने ।

राष्ट्र निर्माणका लागि लड्ने मर्ने सबै योध्दाहरूले पाएको दुख वलिदानले दिएको पाीडाको सार भार आफूमा खिचेको अभिव्यक्ति पनि हो मेरा साना दुखले अज्र्याको मुलुक होइन भन्ने । यो एकिकरण अभियानका नायकको हैसियतले यो अभियानमा भएका राम्रा नराम्रा सबै कामको नैतिक जवाफदेही पनि हो यो उनको । एकजना राजा, मुलुक एकिकरणका अभियान्ता, कमाण्डर र युध्द मैदानमा हतियार बोकेर लड्ने सिपाही समेतको साझा एवं संयुक्त व्याक्ति थिए पृथ्वीनारायण आफै । यो मुलुक एकिकरण अभियानमा पाएको दुखको स्वय अनुभूत गरेको सार पनि हो यो । पृथ्वीनारायण स्वयं मैदानमा लड्ने सिपाहीराजा थिए । त्यसैले उनले पाएको दुखको अनुभव सैध्दान्तिक मात्र नभएर व्यवहारिक पनि थियो ।

पृथ्वीनारायण शाहले मुलुकलाई किन फूलबारी भन्न रुचाए ? कुन अर्थ र दर्शन माथि उभिएर उनले आफनो मुलुकलाई फूलबारी भनेका होलान् गहिरासंग केलाएर विश्लेषण गरेको खण्डमा यो भित्र धेरै छ र धेरैका लागि छ । यो आफैमा रूप र सारको सुन्दर दर्शन हो । यो प्रकृति र संस्कृतिको सुन्दरता बीचमा देशको समग्र परिस्थितिको सुन्दर सबै किसिमले सुनिश्चि गरिनु पर्ने यो आफैमा सुन्दर दर्शन हो । फूलबारीमा नरमाउने शायदै मान्छे भेटिएलान पृथ्वीभरि खोज्दामा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देशलाई फूलबारीको उपमा दिन मन पराए । जसरी फूलबारीमा तन र मन एकैपल्ट रमाउँछ त्यसरी नै आफनो देशमा सबै देशवाशी त्यसरी नै रमाउनु पर्दछ । यदि तपाइलाई तपाइको देशले खुशी दिन्छ भने तपाइले त्यो खुशी प्राप्त गरिरहन तपाइले आफनो फूलबारीलाई गोडमेल तथा सिन्चित गरिरहनु पर्दछ । बारबेर गरेर आँधीबेहरी, हुरीबतास, असिना आदिबाट बचाउनु पर्दछ ।

जसरी फूलबारीमा आँसू आउँदैन हाँसो मात्र आउँछ त्यसरी नै देशले देशबासीलाई सधै हाँसो मात्र दिनु पर्दछ । तिमी आप्mनो देशलाई मायाँ देउ तिमीलाई तम्रो देशले खुशी मात्र दिन्छ भन्ने राज्य र नागरिकको दोहोरो कर्तव्यको वोध गराएको छ पृथ्वीविचारको फूलबारी दर्शनमा ।

देशभक्तिको उत्कृष्ट पूर्वीय चिन्तनधार“ जननी जन्म भूमिश्च स्वर्गदापी गरियासी’ को विस्तारित रूप हो पृथ्वीनारायणको सबै जातको पूmलबारी । तिमीले देशलाई सेवा देउ देशले तिमीलाई मेवा दिन्छ भनेको हो फूलबारी दर्शन भित्रको गुदी कुरा । देशलाई तिमी फुलबारी जस्तै सुन्दर बनाउ र आफनो देशमा फूलबारीमा जस्तै मनै देखि रमाउ भन्ने पृथ्वीविचार राज्य र जनताको अन्योन्याश्रित सम्बन्ध र कर्तव्यको उत्कृष्ट परिभाषा पनि हो । फूलबारीले शोभा, सुवाश, शान्ति र आनन्द दिए जस्तै तिम्रो देशले पनि त्यही दिनु पर्दछ भन्ने मूल मर्म हो फूलबारी दर्शनको । विविधता बीचको एकता र समानताको राष्ट्रिय भावधार पनि हो यो । सिंगो नेपाल एउटा बारी हो र विविध जाती, धर्म भाषा सङ्कृतिका हामी अनेक फूलहरू सिंगो फूलबारी हौं ।

पृथ्वीनारायण शाहले नेपालको यही चरित्र र विशेषतालाई केलाएर नै उनले नेपाललाई फूलबारीको उपमा दिएर नेपाललाई बहुजातीय बहुधार्मीक र बहुसांस्कृतिक मुलुकको हैसियत र दर्जा दिएका हुन् । सबै जातको फूलबारीको अर्थ सबैको हक र हैसियत बराबरी हो । यो समानताको उत्कृष्ट एव सुन्दर अभिव्यक्ति पनि हो । कम्युष्टिहरूले वकालत गरेको निरपेक्ष समानताको कुरा पनि होइन पृथ्वीविचार । राज्यको आँखामा र राज्यदवारा प्रदत्त कानुनको भाषामा सबै समान व्यवहारका हकदार हुन् भन्ने सुस्पष्ट विचार हो यो । सबै जातको पूmलबारी आफैमा समावेसी सिध्दान्त पनि हो जातीय समानता र एकताको जगमा खडा भएको वृहत र व्यापक तहको राष्ट्रिय एकताको देशभक्तिपुर्ण राष्ट्रवादी विचार पनि हो यो ।

फूलबारीका फूलहरूका जरा आफनै माटोमा गाडिएका हुन्छन् । अनेक नामका फूलहरूको साझा पहिचान फूलबारी हो । फुलबारीको नाम नेपाल हो र फूलहरूको साझा नाम नेपाली फुलहरू नै हो । यहि जातियता र विविधताको दुरूपयोग गर्दै कतिपयहरूले पहिचानको खेतिमा रमाउन खोज्दैछन् । पहिचानको खेति भनेको सबै जातको फूलबारीलाई सबै जातको गमलाबारी बनाउने षडयन्त्र नै हो । परबाट हेर्दा गमलाबारी पनि फुलबारीमा जस्तै ढकमक फुल फुलेका हुन्छन् र साँचै पूmलबारी नै हो कि भनेर भ्रम दिन्छन् । तर नजिकबाट नियालेर हेर्दा अर्कैले उभ्याएको गमला, अकैर्ले भरिदिएको माटो र अर्कैले दिने सिञ्चाइ र माली समेतले गर्दा पहिचानको आवरणमा फुलबारीको पहिचानबाट गमलाबारीमा रूपान्तरित भएर आफूलाई समाप्तिको डिलमा पु¥याइ सकेका हुन्छन् ।

किनभने फूलबारीको जस्तो उनीहरूको जरा अव धर्तीमा हुँदैनन् । अरुले राखिदिएको माटोमा मात्र उनीहरूका जरा हुन्छन र तोकिदिएको गमलाको आयतन मात्र उनीहरूको सीमा हुने छ । र उनीहरूलाई उचाल्ने छन् । आफनो फूलबारीमा जरा नभएकाहरू उरुले उचाल्दा गमलासंगै सजिलै उचालिन्छन् । अरुले उचालेर माथि पु¥याएको उचाईलाई आफ्नो उचाइ बढेको भ्रममा फूल्छन् । र पहिचानको नामामा उचाल्दा उचालिनेहरूलाई उचाल्नेहरूले एक अर्कामा जुधाउने छन् र पहिचान पहिचान भन्दा भन्दै अरुको षडयन्त्रको गमलामा कैद भएकाहरू गमलासंगै चक्कानाचुर भएर भुइमा पछारिइ सकेका हुनेछन् । अनि न गमलाबारी, न फूलबारी आफनो फुलबारी अरुको काठेबारी वा फड्केबारी आफनो लागि भने सँधै काँढाघारी मात्र । बैलैमा सबैमा चेतना आया !

फूलबारी चिन्तत मानव जातिको एकता, हार्दिकता आत्मीयता र सामुहिकताको उत्कुष्ट एव सुन्दर चिन्तन हो । यसले संयुक्त राष्ट्रसंघ अन्तर्गतका सबै सदस्य राष्ट्रमा भएका जातीय भेदभाव अथवा वैमन्यश्यतालाई समाप्त पारेर सुन्दर जातीय एकताको फाँटमा लैजाने विचार र नारा दिन्छ । संयुक्त राष्ट्रसंघले यो राज्य सबै जातको फूलबारी हो भन्ने नारालाई संयुक्त राष्टसंघ समेतको र हरेक सदस्य राष्टहरूको जातीय एकता र जातीय सद्भावनाको औपचारिक नारा बनाउनु र बनाउन लगाउनु पर्दछ । यो विश्वव्यापी हुने छ र हाम्रो प्राचीन पूर्वीय दर्शन बशुदैव कुटुम्वकम् यो मुलुक सबै जातको पूmलबारी हो भन्ने पृथ्वीविचारमा अनुवाद भएर विश्वविचारको रूपमा जातीय सदभावको अमृत विचार वाँड्दै घुमीरहेको हुनेछ विश्वभरका मुलुकहरूमा ।

नेपालले संयुक्त राष्ट्रसंघको महधिवेशनमा सम्वोधन गर्दा पृथ्वीविचारलाई औपचारिक रूपले संयुक्त राष्ट्र संघमा प्रवेश गराउनु पर्दछ । संयुक्त राष्ट्रसंघका अहिले सदस्य रहेका मध्ये १ दर्जन भन्दा धेर राष्ट्रहरू नजन्मिएको अवस्थामा नै जन्मिएको जेठो सदस्य राष्ट्र नेपालका संस्थापक वडानेता पृथ्वीनारायण शाहको फुलबारी विचारलाई संयुक्त राष्ट्रसंघको विचार बनाउन सकेमा नेपालले प्रकृतिको सबैभन्दा उच्च शिर सगरमाथा पाए जस्तै विचारको अर्को सगरमाथा ठड्याएर नेपालको प्रतिष्ठालाई अरु उच्च बनाउने छ ।

पृथ्वीविचार को यो उद्गार जन्मिएको पुष महिनाको अनुमानित गते इतिहासविदहरूसंग राय सल्लाह लिएर नेपालले जातीय सद्भाववना र एकताको फूलबारी विचार दिवश मनाउन संयुक्त राष्टसंघमा प्रस्ताव लैजानु पर्दछ । त्यो भन्दा अगाडि छिमेक तथा सबै मित्र राष्ट्रहरूमा नेपालले कुटनीति प्रयाश गरेको हुनुपर्दछ । सबै जातको पूmलबारी आफैमा विविधता बीचको सम्मान र मिलेर बसौं एक ठाम हो । जो तुलनात्मक रूपमा नेपालमा लामो समयदेखि भइरहेको छ । जसलाई भत्काउने दुष्प्रयाश भइरहेको छ । सबै नेपाली पृथ्वीविचारको वरिपरि एक ढिक्का भएर यो नेपालघाति दुष्प्रयाशलाई असफल बनाउनु पर्दछ ।

पुर्खाहरूले बडो दुख, ठुलो त्याग वलिदान दिएर निर्माण गरेको मुलुक सबैको साझा हो र सबैको हक र हैसितयत बराबरी भएपछि यसलाई जोगाउने र जगाउने पनि सबैको साझा दाइत्व हो भन्ने कुरामा सबैमा सचेतना आओस् भनेर नै राष्ट्रनिर्माताले सबैमा चेतना भया भनेर जोड दिएका हुन् । गौरवशाली इतिहाँस बुझेर सुन्दर भविश्य निर्माणमा हरेक वर्तमान नचुकी र नझुकी हरेक वर्तमानमा देशको लागि समर्पित भइरहनु पर्दछ भन्ने दृढ मान्यता हो पृथ्वीनारायणको । राष्टलाई घाात गर्दै विघटनको दिशातिर धकेल्ने प्रवृतिलाई नै सचेत गराउन भनेर नै अघि सरेको हो फूलबारी चिन्तनधार साना दुखले अज्र्याको मलक होइन सबैमा चेतना भया समेतका अभिव्यक्तिहरू समाहित गरेर । मुलुक बनाउन र त्यसलाई बाचाइरहन साँचै कठिन काम हो भनेर राष्ट्रनिर्माताले सबै देशवासीलाई सचेत गराएका हन । राष्ट्रको लागि, राष्ट्रिय एकताको लागि नेपाली एक ढिक्का भएर अघि बढने बाहेक अर्कों विकल्प छैन नेपालीसंग । किनभने राष्ट्रनिर्माताले यो मुलुक थामी खानु भनेर यो पूmलबारी राष्ट्र नेपाली जनतालाई जिम्मा दिएका छन् । सबैमा चेतना भया ।