Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीलाई चन्दा दिएको, समानुपातिकमा परेको भन्ने बदनामी सहेर मधेशी पिछडा पुरुषको नाममा विमलेन्द्र निधि र महिलाका नाममा डा. आरजु राणा र मञ्जु खाँणहरू सांसद बन्ने काँग्रेसमा अब पार्टी विचार र सिद्धान्तले भन्दा व्यापारी विनोद चौधरी र शैक्षिक माफिया उमेश श्रेष्ठहरूबाट निर्देशित हुँदैछ । सत्ता र कुर्सीका नाममा चुनावी गठबन्धन गरेकासँग भन्दा वैचारिक रूपमा भुत्ते भएको एकल तानाशाही चरित्रका केपी ओलीसँग सत्ता साँठगाँठ गरेर रमाएको संस्थापन पक्षले तोकिएका समयमा महाधिवेशन गर्न नचाहनु नेविसंघ, तरुण दल, महिला संघ जस्ता संस्थाहरूलाई कोमामा पु¥याउनु पनि संस्थापन पक्षको पहिचान बन्दैछ । काँग्रेसमा समयमा पार्टी महाधिवेशन गर्नुपर्छ भन्ने डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू संस्थापनले नरुचाएका पात्र बनाइँदैछन् । विचारको शुन्यताभित्र पैसाको धाक लगाउने र सरकारको सम्पत्ति कब्जा गरेर कारबाहीबाट मुक्त हुने विनोद चौधरीहरू पार्टी संस्थापनको आडमा चम्केका छन् । चन्दाका भरमा चुनावमा टिकट कब्जा गरेर पार्टीको मूल्य मान्यता भन्दा टाढाबाट फाइदा लिँदा क्रियाशील सदस्य भएको दश वर्षे नीति लाग्यो कि पोलेर खाइयो ? अरुलाई पार्टीमा निरन्तर दश वर्षे लागू हुने डा. आरजुदेखि चौधरीसम्मलाई कुनै बन्धन नहुने काँग्रेसले बीपी र उनको कल्पनाको समाजवाद कता पु¥यायो ?
पार्टीको आत्मामाथि प्रहार भयो, विचार भन्दा कुविचारले ठाउँ पायो भने काँग्रेस केबल अबशानको शुरुवात हो । तर त्यही कामलाई छेकिएको छ । अवधि लम्ब्याउने र आफू सत्तामा पुगेपछि मात्र तयारी गर्ने देउवा समूहको दाउ छ । त्यही कारण काँग्रेस चलायनमा छैन । शासकीय स्वरूपको कुरा गर्नेले पार्टी क्रियाशीलतामा चासो दिएका छैनन् । पार्टीका महाधिवेशनहरूलाई केबल नेतृत्व बदल्ने औजारमा परिणत गरियो भने विचार र सिद्धान्त मर्छ । आलोचना, अपमान, धम्की तिनले सहेका छन्, जसले चौधरीहरूको दादागिरीको अन्त्य खोज्दैछन् ।
विचार शुन्य धनकुवेरहरूको जिम्ममा पार्टी छाडिन्छ भने काँग्रसी आत्मामा चोट पुग्छ । बीपी पुत्र डा. शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला, महेन्द्रनारायण पुत्र विमलेन्द्र निधि, गणेशमान पुत्र प्रकाशमान सिंहहरूको स्वार्थ आफूमा केन्द्रीत छ । जसले अबसरवादमा काँग्रेस हिँडाउन खोज्छ त्यो बेला विष्फोट हुन्छ आजको काँग्रेसमा त्यही हुँदैछ । काँग्रेस मात्रै होइन यो बेला नेकपा एमाले र माओवादी समेत विचार र सिद्धान्त भन्दा पैसामा बिकेका छन् । पैसा लिएर चुनावी टिकट बेच्ने व्यापारी पोस्ने, जनता डस्ने नीति लिएकै छ । संविधान जारी भएको १० वर्षसम्म शिक्षा, स्वास्थ्य, रोजगारीका बारेमा काँग्रेस, एमाले, माओावदीले कास्तो नीति लिए, सत्ता र स्वार्थ बाहेक यिनमा केही भएन । लाजै लगाउने संघियता गणतन्त्र र समावेशीताको सदुपयोग गर्ने कस्ता छन् त्यो छर्लङ्ग भएको छ । नयाँ भनिएको माओवादी नेतृत्वप्रति पनि जनताले विश्वास गर्न छाडेका कारण मधेशमा जनमत आयो, पश्चिम तराईमा नागरिक उन्मुक्ति मौलाउँदैछ भने शहरी क्षेत्रमा रास्वपाको बढोत्तरी थेग्न यी भ्रष्टहरूलाई कठिन छ । समय सबैको आउँछ ।
जनताको मुक्तिका लागि दश वर्ष बन्दुक उठाएर गणतन्त्र, संघीयता र समावेशीताको एजेन्डा बोकेर राजतन्त्र अन्त्य गर्ने माओवादी नेतृत्वको चरित्र सुध्रिएको छैन । ०४६ सालको परिवर्तनले काँग्रेस बलियो भयो २०५१ को मध्यावधिले एमाले जाग्यो । ०६४ सालमा माओवादी त्यस्तै थियो । समयले पार्टीहरू विचार, सिद्धान्त र दर्शनबाट पतन भएपछि नयाँ विचार, नयाँ जमात भ्रष्टीकरण र माफियाका विरुद्ध आउँछन् । व्यापार गर्ने, उद्योग चलाउने बैङ्क कब्जा गर्ने, राजश्व नतिर्ने चौधरीहरू विश्वकै धनाढ्य बन्ने मौका मिल्नुको कारण तत्कालिन रानी ऐश्वर्यको सम्पत्तिमा चयन गर्न पाउनु हो । दरबार हत्याकाण्डले कतिलाई घाटा भयो कति नाफामा गए चौधरीहरूलाई खर्बपति बनायो । अहिले तिनैले विचार, सिद्धान्त, नीति र कार्यक्रमको विषय उठाउनेमाथि धम्की दिएका छन् । चन्दा दिएर एमालेको सांसद बनाइएका विनोदलाई एमालेले किन पत्याएन ? डा. आरजुको कोटाबाट काँग्रेसको टिकट दिलाउँदा जीवनभर पार्टीका नाममा कुदेकाहरूलाई लाग्ने पार्टी नियम लागेन । काँग्रेस पतनको श्रृङ्खला यहींबाट शुरु भएको छ ।
मौनतामा डुबेको पार्टीको आत्मलाई झकझक्याउने डा. शखेरले बीपीका नीति, सिद्धान्तको जगेर्ना गर्ने आँट गरे । सधैं चौधरीहरूका लागि ठाउँ खाली हुँदैनन् डा. आरजुको हैकमले काँग्रेसको अस्तित्व बच्दैन । काँग्रेसको केन्द्रीय समितिमा कस्ता मान्छे जान्छन् कस्ताले ठाउँ पाउँछन् भन्ने कुरा यो वर्षसम्मको गतिहिनता हो । सधैं पैसा र पहुँचको फुर्ति लगाउनेहरूको जगजगी रहँदैन । सत्ताका लागि सात्र सूत्रीय एजेन्डामा सहमत हुने वर्ष दिन बित्दा समेत चासो नदिने काँग्रेसले जनता ढाँट्न संविधान संशोधनको एजेन्डा ल्याएको हो ? प्रधानमन्त्री ओली हुकुमी राजा बनेर सत्ता सहयात्रीहरूमाथि गरेका व्यवहारले जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिए । धनराजलाई प्रहरीमा बयान लिएर छाडियो, अरु सहकारी ठग किन जोगिए । स्वास्थ्यमन्त्री बन्दा डा. आरजुका इच्छाका २÷४ ठेक्का नदिँदा मोहन बस्नेत टेरामक्स काण्डमा पक्रिए तर शुरुवात गर्ने ज्ञानेन्द्र कार्की जोगाइएका छन् । नीति हिन काँग्रेस गतिहिन पार्टी बन्न पुग्दा नेतृत्वमा को थियो ? गिरिजा र शुशिलको नेतृत्वसम्म काँग्रेस यस्तो थिएन । भगिनी संगठनहरू किन निमोठिँदैछन् । अधिवेशन गर्ने दायित्व लिएका केन्द्रीय सदस्यहरूले आफैंले नेतृत्व लिएको संस्थाहरूलाई सुधार्न किन सकेनन् ? यहाँ विचारको होइन आशिर्वादको सिद्धान्त र नीतिको होइन स्वार्थको काम भएको छ । प्रत्येक संगठनका विधान छन् तर विधानले नचिन्नेहरूलाई काँग्रेसले खटाउँछ । संस्थापनको नाममा भएका गतिविधि शुन्य छन् । विपक्षी बनाइएका डा. शखेरहरू चलायमान छन् । पार्टीमा वरियताको विवाद छ । विभागहरूले महाधिवेशन आउँदासम्म पूर्णता पाउँदैन । यो भनेको काँग्रेसको जिवन्त गतिविधिको अन्त्य हो । सच्चा काँग्रेसको विद्रोह यहाँ जोडिन्छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल