Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदेशबाट आउन चाहने सबैलाई उद्दार गर्न आग्रह

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्दार थालेको बेला नेपाली कांग्रेसले कोरोना महामारीको अवस्थामा विदेशमा रहेका र फर्कन चाहने सबै नेपाली नागरिकलाई स्वदेश फर्काउन आग्रह गरेको छ । सरकारले विभिन्न देशबाट २५ हजार नेपालीलाई फिर्ता गर्ने तयारी गरिरहेकोमा कांग्रेसले संख्या तोकेर नभइ आउन चाहने सबैलाई ल्याउन आग्रह गरेको हो । आउन चाहने सबै नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन समेत कांग्रेसले आग्रह गरेको हो । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार रहेकोले तत्कालीन र दीर्घकालीन योजना बनाएर उनीहरुलाई घर फर्काउनुपर्ने जनाएका छन् । रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैले खर्च गरेर वा सम्बन्धित देशका सरकारसँग कुटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रबन्ध गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।