Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदेशी भूमिमा एक सातामा १३ नेपाली कोरोनाकै कारण अस्ताए

काठमाडौं । विश्व महामारीको रुपमा फैलिउको कोरोनाले देश विदेश सबैतिर आतंक सिर्जना गरेको छ । विदेशमा रहेका कोरोना भाइरस संक्रमित थप १३ जना नेपालीको ज्यान गएको छ। कोरोनाको संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो। समितिका अनुसार शनिबार साँझसम्म नेपाल बाहिर १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको तथ्यांकले देखाएको छ। समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपालीमा कोरोना निको भएको भएको छ।