Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेलाई रोक्न नसक्ने टिप्पणी गरेका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
‘ठूलो संख्यामा युवाहरु विदेशिएका छन्, उनीहरुसँग सीप नहुँदा अपेक्षा अनुसारको आम्दानी भइरहेको छैन, सरकारले पनि तालिम दिइरहेको छ,’ कार्यक्रममा बोल्दै उनले भने( ‘विदेशमा अवसर र आम्दानी छ, हामी स्वतन्त्र देश हो विदेश जानेलाई रोक्न सक्दैनौं ।’
त्यस्तै, उनले रोजगारमूलक तालिमलाई महासंघ मार्फत वृद्धि गर्नुपर्ने जनाएका छन् ।
देशको अहिलेको कमि कमजोरी र समस्या पहिचान गर्नुपर्ने बताउँदै उनले देशमै रोजगारी सिर्जनाको लागि काम गर्नको लागि निजी क्षेत्रलाई टाइअप गर्नुपर्ने भनाई राखे ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल