Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पूर्व राष्ट्रपति विद्या भण्डारीकै पक्षमा पार्टीमा लहर नै चल्यो । उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरू विद्याकै पक्षमा छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, रघुवीर महासेठहरूको ओलीको दुई कार्यकाल एमालेको पक्षमा जुन माहोल बन्नु पथ्र्यो त्यो छैन । चुनावमा राप्रपा जस्तो प्रतिगामी शक्ति बोक्दा नाफा एमालेलाई भएन । आफू बाहेक केपी ओलीले एमालेका लागि कुनै उपलब्धी हात लागेन । राजनीतिक तहमा दलालका रुमपा ओलीको सेबक बन्न प्रतिस्पर्धा छ । जनता र राष्ट्रका भन्दा देश लुट्ने र गुटगत स्वार्थमै प्रमको टोली केन्द्रीत छन् । अदालतदेखि प्रहरीसम्म संवैधानिक अंगहरूलाई समेत स्वार्थमा प्रयोग गर्ने प्रधामन्त्रीले आफ्नो लागि गरेकै छन्, जनताको लागि केही गरको छैनन् । त्यही भएर एमालेको नेता जहाँ जान्छन् त्यहाँ घेरिन्छन् । पाथीभरा केबुलकालको नाममा योगेश भट्टराई र थामसेर्कु समूहको लुटको भण्डाफोर भएको छ । सहमतिमा नीतिगत निर्णय हुन्छ त्यहाँ छानविन हुन्न भन्न पार्टी सचिव योगेशलाई लाज भएन । माधवलाई धोका दिने दशभाईमध्येका रघुजी पन्त जस्तो शिक्षामन्त्री बनाएर अध्यक्ष ओलीले विश्व विद्यालय र शिक्षा क्षेत्रलाई आफू जस्तो हो त्यस्तै बनाएको अवस्था छ । पार्टीकै समेत प्रतिष्ठा गुम्ने कुरा ओलीबाट टिके पदाधिकारी बनाइएकाहरूले जुन बेला बुझे त्यो बेला विद्या भण्डारी पार्टीका प्रदेश तहमा कार्यकर्तासँग भेटघाट गर्दै थिइन् । प्रधानमन्त्री ओलीलाई पदीय लोभ छ । उनले अरुलाई ७० वर्ष भने ओली आफू ७४ वर्ष पुग्दा पनि अध्यक्ष र प्रधानमन्त्री पदको लोभ गरेकै छन् । विद्या भण्डारी वाम एकताको पक्षधर भएकाले अोली त्यो चाहँदैनन् । आफ्नै दम्भ र अहंकारको कारण नेकपा ४ टुक्रा भयो, वामपन्थीका बीचको सम्बन्ध बिग्रियो, राप्रपा जस्तो प्रतिगामीको कारण राप्रपा पाँचौं दल भयो तर पनि उनले आफ्नो तर्फबाट गल्ती भो भन्ने महसुस गर्दैनन् । विद्याको नामै सुन्न चाहँदैनन् ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल