Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्याको पक्षमा खुलेकालाई कारबाहीको डण्डा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थप तीन जना नेता कार्यकर्तामाथि एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ । एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । महासंघले स्थायी किमिटि सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । स्पष्टीकरण सोध्नुका साथै आवश्यक छानबिन गरी कारबाही अघि बढाउने जिम्मा अनुशासन आयोगलाई दिइएको महासंघले जनाएको छ । उनीहरुले सामाजिक सञ्जालमा पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप छ । महासंघले केपी ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने निष्कर्षसमेत निकालेको छ । यसअघि पनि एमालेले भण्डारीको पक्षमा खुलेका युवा संघसहित विभिन्न भ्रातृ संगठनका नेता र कार्यकर्तालाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल