Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्याको प्रसंगले ओली झसक्क

काठमाडौं । डाडू पन्यु हातमा भएपछि जे पनि गर्ने, जस्तो निर्णय पनि लाद्ने प्रधानमन्त्री ओली सत्ता असफलताले खिस्रिक्क भएका बेला पार्टीमा पूर्व राष्ट्रपिित विद्या भण्डारी, पूर्व वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई छेक्ने हर प्रयास गरेका छन् । सरकार बन्दा घोषणा भएको योजना कता बेपत्ता भए ? सरकार जनताका अगाडि भारी भएको छ । भ्रष्टाचारी च्याप्ने माफियालाई सघाउने, राजश्व मार्ने बजारमा कृतिम अभाव खडा गरेर मूल्य वृद्धि गराउन ओली सरकारले पाएको सफलताबाट संसद र सडक आक्रामक बन्दैछ । मिटर ब्याजको शोषण, साहुकरको लुट नियन्त्रण गर्न गठन भएको आयोगलाई असहयोग गरेर प्रधानमन्त्री ओलीले आफ्नो चरित्र प्रदर्शन गर्दा सामाजिक सञ्जालको आक्रमण सहन नसकेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्न सामाजिक सञ्जाल अध्यादेश ल्याइएको छ ।
सरकारको लापरबाहीबाट जनताले दुःख पाएको छ । प्रशासनिक क्षेत्र तहसनहस बनाइएको छ । राम्रा भन्दा हाम्रालाई जोड दिँदा कुटनीतिक क्षेत्रमा सरकार असफल भएको छ । सरकारले राम्रो गरेकै छैन । कार्यकर्ताले राम्रो काम यो भयो भन्ने पाएको छैन । तर कार्यकर्ताले प्रधानमन्त्रीलाई प्रभु भन्ने स्थिति छैन । जुन कुराले प्रधानमन्त्रीलाई अन्तन्तुष्टि बढेको छ । पार्टीमा जस्तै मन्त्रिपरिषद्मा पनि त्योक्रम बढ्दो छ । काँग्रेसका मन्त्रीहरूले सरकारको दबदबामा प्रधानमन्त्रीको हस्तक्षेप सहन नसकिने बताएका छन् । प्रम ओलीका सेवक उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको काम देखिएन । जनतासँग जोडिएको बजार सरकारको नियन्त्रणमा छैन । उता, पार्टीमा पूर्व वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष फर्किएको खण्डमा ओली राजको एमालेमा अन्त्य हुने स्थिति छ । अध्यक्षको कोटको खल्तीबाट केन्द्रीय सदस्य बनाइएका एमालेको एउटा पंक्ति छाडा भएको छ । सुनिता बराल, महेश बस्नेत, ऐनबहादुर महर जुम्लाका जयबहादुर शाही, सल्यानका गुलाबजंग शाह जोडिएको यौन आचरणको विषय केपी ओलीकै विश्वास पात्र भएर जागेका हुन् । एमालेको नेतृत्वमा केपी ओली रहेसम्म पार्टी पनि बढ्दैन जुन सुकै माहोल खडा गरे पनि कार्यकर्ता पंक्ति जनता समक्ष जाने आँट नगर्नुमा सरकारकै लुटतन्त्र हो । प्रधानमन्त्रीले मधेशमा आन्दोलन चर्काएका छन् । गरिबमाथि शोषण गर्ने मिटरब्याज प्रेमीहरूलाई कारबाही चलाएर गरिबको घरजग्गा फिर्ता गराउने आयोगमाथिनै ओली सरकारले असहयोग गरेको छ । प्रधानमन्त्रीका कुरा जनताको पक्षमा भए पनि व्यवहारमा भ्रष्ट र लुटेराका पक्षमा भए पछि हतास हुनु पर्ने अवस्था छ । संसदमा जुध्न सक्ने आँट यो सरकारसँग छैन । किनकि प्रमको तहबाट जे भएका छन् त्यसले अर्थतन्त्र कमजोर बनाएको छ । संसदमा यो विषय उठाइएको छ । ईश्या र डाहाबाट ग्रस्त ओलीका राम्रा काम नभएकै कारण सामाजिक सञ्जालहरू भरिएका छन् । एमालेजन पनि वर्तमान सरकारबाट सन्तुष्ट छैन । जनचेतना मुलक कुनै पनि काममा एमाले सहभागी छैन । प्रधानमन्त्री पार्टीको अध्यक्ष छन् । तर नेकपा एमाले आफ्नै चुनावी घोषणापत्र लत्याएको छ । प्रधानमन्त्रीको समृद्धि र विकासको सपना झूट सावित गराउन प्रमनै लागेको अवस्था छ । भने आफ्नै छायाँसँग उनी डराउनु समयको बाध्यता हो । जहाँ दलालहरूले काँध हालेर पनि केही हुँदैन ।