Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्याको सुझाव केपीको फुस्सा

काठमाडौं । जसले नेकपा फुटायो उसैलाई पुनः पार्टी एकताको जिम्मा लगाउने पूर्व राष्ट्रपति विद्या भण्डारीको सुझाव एमाले अध्यक्ष केपी ओलीले फिस्स बनाए, प्रम पदमा आफू पूरै समय रहने गरी दल विभाजन अध्यादेश ल्याउने तयारी गर्दा नेपाली काँग्रेसले विभाजित दल अन्य दलसँग पाँच वर्षसम्म एकता गर्न नपाउने शर्त राख्दा अरुको त कुन्नि एमालेबाट चोइटिएको नेता धेरै संगठन सुस्त रहेको एकीकृत समाजवादी भने हौसिएको छ । यही हालतमा एमाले बलियो शक्ति बन्न सक्दैन । दल विभाजनले जसपाबाट फुटेको जसपालाई पक्ष नेकपा एमालेमा प्रवेश गर्न खुट्टा उचालनेको काम लागेन । प्रम ओलीलको दाउ दल विभाजनपछि साना दलबाट एमाले प्रवेश गराउन राज्य श्रोत खर्च गर्ने तयारीमा थिए । काँग्रेसले प्रमको भित्री योजना बुझ्यो । त्यही कारण ५ वर्षसम्म दल विभाजन गर्नेहरू अरु पार्टीमा प्रवेश गर्न नपाउने शर्त स्वीकार गर्न प्रम बाध्य भएका हुन् । जालझेल र षड्यन्त्र प्रमको प्रथम शैली हो । वामपन्थी शक्ति छिन्नभिन्न पार्दा एमालेबाट माधव झलनाथ मात्र फुत्के । तर वामदेव पार्टी एकता अभियानमा लागे पनि एमालेले चासो दिने अवस्था छैन । किनकि केपी ओली जनताका अगाडि सफेद झूट बोल्ने र जनतालाई नोकर र पार्टीका पदाधिकारीहरूलाई दास ठान्ने सामन्ती चरित्रका नेता हुन् । जसले संवाद र छलफल गर्दैन । स्थानीय सरकारका समस्यामा चासो दिन उचित नठान्ने शासकका रुपमा परिचित छन् । यो जान्दा जान्दै प्रम ओलीलाई पूर्व राष्ट्रपति भण्डारीले विभाजित नेकपाको एकता प्रक्रिया थाल्न सुझाव दिनु भनेको कौवालाई बेद पढाए जस्तै हो । केपी ओलीको चौथो कार्यकाल माफिया र बिचौलिया पोसने भएको छ । राष्ट्रघातका अनेक फण्डा मच्चाएर नयाँ नक्सा पाठ्यपुस्तकमा समावेश नगर्ने राष्ट्रवादीलाई भारतीय शासक नरेन्द्र मोदीले बेवास्ता गर्दा रन्थनिएको अवस्था छ । नेकपा एमालेको ११औं महाधिवेशनको पूर्व तयारी गरेको छ । पार्टी र स्थायी कमिटीमा सहभागिताले एमाले ग्रस्त छ । जसका जनवर्गीय संगठन दुई अंकबाट ३ अंकमा पु¥याउँदा समेत नेताको कोठा र चोटा धाउनु पर्ने बाध्यता थियो । वर्गीय मित्र शक्तिबाट टाढिएर देशका नागरिकलाई गैर नागरिक बनाएर अमेरिकामा बेच्दा डा. आरजु र केपीको गठबन्धन भयो । दुवै जनाका विरुद्ध त्यो बेला छानविन हुँदै गर्दा गठबन्धन फेरियो । अस्थिरताको आरोप माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहन प¥यो । माओवादी नेतृतव पनि सत्ता शक्तिका लागि नीति, सिद्धान्त, विचार, वर्गीयता त्यागेर काँग्रेस र एमाले जस्ता मुलुक चुस्न जानेका शक्तिसँग सत्ता सहकार्य गर्न पछि परेन ।
सरकारी स्वामित्वको उद्योगहरू सञ्चालन गरेर रोजगारी बढाउने काममा यो सरकार छैन । घरघरमा रेल समुद्र बिनाको पानी जहाजको कल्पना गरेर राष्ट्रिय बजेट ध्वस्त बनाउन सफल प्रम ओली बिचौलिया र माफियाको सेवक भएको कुरा दीपक भट्टको रोजाईका निर्णय गर्नु हो । पार्टीमा कुनै विषयमा दोहोरो संवाद नहुने नेकपा एमाले पार्टीका कार्यकर्ताले भावना अनुकुल भन्दा सत्ता स्वार्थ र गुटबन्दीमा केन्द्रीत छ । ओलीको प्रतिवाद गर्नेलाई डा. भीम रावल बनाइने भएपछि अपराध ढाकछोप गर्नु हो । एमालेमा परस्त्रीप्रेमी युवा नेताहरूले ‘बा’ नाता लगाएर अपराधबाट बचेका छन् । एमालेमा फर्किने बाटो खोज्दै पूर्व राष्ट्रपतिले ओलीको चाकडी गरेर भोलि प्रतिस्पर्धी बन्ने हुन् कि भन्ने शंका छ । किनकि प्रम ओलीले कसका अगाडि हात पारेर पार्टी एकता गर्लान् । जसले नेपालको कम्युनिष्ट आन्दोलन तहस नहस बनाउने मुल पात्र नै केपी ओली हुन् । हिजो उनकै चाकडी गरेर भ्रष्टाचार शिरोमणि बनेका वरिष्ठ उपाध्यक्ष ईश्वर पारखेल आफू सांसद बन्ने आधार खस्केपछि पार्टी एकताको पासा विद्या भण्डारीमार्फत् फाल्न लगाएर जनताको भावनामा खेल्न सकिन्छ कि भन्ने दाउमा छन् ।

 


सम्बन्धित समाचार

एमालेमाथि सबैतिरबाट आक्रमण

२०८१ फाल्गुन २८

ताजा नेपाल

कहिले खुल्छ यिनको चेत

२०८१ फाल्गुन २८

ताजा नेपाल

कहिले बन्ला सरकार जनप्रिय

२०८१ फाल्गुन २८

ताजा नेपाल