Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यार्थीले गरे गुरुको हत्या

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ मा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रहस्यमय तरिकाले मृत भेटिएका सुर्नया गाउँपालिका–२ ग्वानीका विष्टको हत्या भएको पाइएको प्रहरीले जनाएको छ। घटना अनुसन्धान निष्कर्षतिर उन्मुख रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा एक दम्पती संलग्न रहेको खुलेको छ। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। प्रहरी स्रोतका अनुसार विष्टले पढाउने कृष्ण माध्यमिक विद्यालयको छात्रावासमा बसेर कम्प्युटर डिप्लोमा अध्ययन गर्ने युवती र उनका श्रीमान् घटनामा संलग्न छन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, अनुसन्धान निष्कर्षतिर गएको छ, शंकास्पदमाथि सोधपुछ गर्ने काम भइरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौं। उनीहरुले अपराध स्वीकारेको समेत प्रहरी स्रोतको दाबी छ। कृष्ण माध्यमिक विद्यालयमा तीन दशकदेखि गणित पढाइरहेक शिक्षक विष्ट शनिबार दिउँसो विद्यालयको छात्रावासनजिकै मृत भेटिएका थिए। उनी विद्यालयको छात्रावासमै बस्थे। घटनाअघि शुक्रबार दिउँसो कृष्ण माध्यमिक विद्यालयमा नयाँ शिक्षक नियुक्तिको खुसियालीमा भोजसमेत भएको थियो। उक्त कार्यक्रममा शिक्षक विष्ट पनि सहभागी भएका थिए। त्यसपछि अर्को दिन उनी छात्रावासनजिकै मृत भेटिएका थिए। मृतक विष्टको शरीरभरी कुटपिट गरेका चोट थिए। त्यसैले घटना शंकास्पद भएको भन्दै स्थानीयहरु छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेर आन्दोलित छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि घटना अनुसन्धान गरिरहेको छ। गत शुक्रबार राति शिक्षक विष्टको हत्या गरेर भवितव्य घटना जस्तो देखाउन भिरालो ठाउँमा शव फालिएको खुलेको छ।