Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बिना काम झण्डा हल्लाउँदै र साइरन बजाउँदै अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँड्ने मन्त्रीहरुको सवारीलाई पनि विद्यार्थीले अवरोध गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
आज पत्रकार सम्मेलनमाफर्त तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । घोषित कार्यक्रमअनुसार मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार, सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिनेदेखि स्थानीय तह र प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका छन् । त्यस्तै कालो झण्डा, चक्का जाम, विविभन्न पक्षहरुसँग छलफल लगायतका कार्यक्रमहरु पनि तय गरेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल