Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्या भण्डारीको दौडधूपले अध्यक्ष ओली किन शसंकित

काठमाडौं । आफैंले बनाएका नीति नियम उल्टाउँदै एमालेको आजीवन नेतृत्व लिने चाहनामा अध्यक्ष केपी शर्मा ओली छन् । त्यसैले त उनलाई एमालेभित्र कोही पनि सक्रिय भएर प्रतिस्पर्धामा उत्रिएको मन पर्दैन । एमाले सम्बद्ध अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्घाटनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेर हदको विषय उठाए। ७४ वर्ष पुगिसके पनि आफू एमालेको अध्यक्ष रहेको उल्लेख गरे। र, आफू अध्यक्ष भएकाले उमेरहदको विषय गलत भएको तर्क गरे। उनको भनाइबाट के बुझिन्छ भने उमेर हदको बहस एमालेमा वर्जित छ। त्यसैले, एमालेका अन्य नेता–कार्यकर्ताले मात्र होइन, राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिसकेकी भण्डारीले समेत उमेर हदको पक्षमा बोल्ने छुट पाउने छैनन्। राजनीतिमा प्रतिस्पर्धी वा विरोधी हरेकका हुन्छन्। ओलीकै कुरा गरौँ– अहिल सत्ता सहकार्य गर्नुपरे पनि भोलि प्रतिस्पर्धा गर्नुपर्ने नेपाली कांग्रेससँगै हो। माओवादी वा पुष्पकमल दाहाल ९प्रचण्ड० त झन् विरोधी दलका नेता भइहाले। तर पछिल्ला अभिव्यक्ति सुन्दा लाग्छ, ओलीको प्रतिस्पर्धी वा विरोधी देउवा वा प्रचण्ड होइनन्, विद्या भण्डारी हुन्। त्यहीकारण भण्डारी उनको निसानामा पर्न थालेकी छन्। ६८ वर्ष आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेपछि हरेक नेपालीले वृद्धभत्ता प्राप्त गर्छन्। चुनावमा एमाले पंक्तिले ‘वृद्धभत्ता एमालेकै पालामा सुरु भएको हो’ भन्दै भोट माग्छ। तर, नेकपा स्थापनाको ७६ औँ वर्षगाँठका अवसरमा ९ वैशाख (२०८२) मा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ७४ वर्षीय ओलीले ‘म त २०–२५ वर्षपछि मात्र बुढो हुन्छु, भन्ने दाबी गरे। ओलीले कार्यकर्तालाई हँसाउन त्यसदिन ‘म २०–२५ वर्षपछि मात्र बुढो हुन्छु’ भनेका होइनन्। बरु त्यो अभिव्यक्ति निवर्तमान राष्ट्रपति विद्या भण्डारीतर्फ लक्षित थियो, जसले नेपालखबरसँगको अन्तर्वार्तामा एमाले नेतृत्वको उमेर वा स्वास्थ्यका कारण नेतृत्व लिनुपर्ने स्थिति आइपरे आफू तयार रहेको उल्लेख गरेकी थिइन्। २०–२५ वर्षयता पार्टी नेतृत्वमा आँखा नलगाउन ‘सफ्ट वार्निङ’ स्वरूप ओलीले उपरोक्त अभिव्यक्ति दिएका थिए।
ओलीको आइतबारको अभिव्यक्ति पनि पूर्वराष्ट्रपति भण्डारीलक्षित नै छ। यो अभिव्यक्तिको पृष्ठभूमिमा झापामा २४ जेठमा आयोजित एउटा कार्यक्रममा भण्डारीको उपस्थिति थियो। पूर्वराष्ट्रपति भण्डारी २४ जेठमा ओलीको गृहजिल्ला झापाको विर्तामोडस्थित देवी माविले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनी उद्घाटनका लागि पुगेकी थिइन्। त्यसअघि उनी विराटनगरमा आयोजित स्थानीय तहका उपमेयर–उपाध्यक्षहरूको भेलामा थिइन्। विराटनगर (मोरङ) एमालेमा संस्थापन पक्ष र इतरपक्षको शक्ति प्रदर्शनस्थल बनेको छ। त्यही विराटनगरमा आयोजित स्थानीय तहका उपप्रमुखहरूको भेला उद्घाटन गरेर भण्डारी झापा पुगेकी थिइन्। आफ्नो गृहथलोमा भण्डारीको यो सक्रियतालाई ओलीले आफू (विरुद्ध) लक्षित ठानेका हुन सक्छन्। हो, ओलीले भनेजस्तै एमाले महाधिवेशनको मिति घोषणा भएको छैन। भीम रावल एमालेबाट निस्कासित भइसकेका छन्। एमालेमै रहेको भए रावल आगामी महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी हुन्थे होलान्। रावलको निस्कासनपछि आउँदो महाधिवेशनमा ओलीलाई हाइसञ्चो हुने ठानिएको थियो। तर, पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतासँगै आगामी महाधिवेशनमा उनी एमाले नेतृत्वमा आउने चर्चा पो चल्न थाल्यो। अरुलाई ‘म’ समेत उच्चारण गर्न प्रतिबन्ध लगाएर ओलीले ‘महाधिवेशन’ को चर्चा गरेको यही कारणले हो। एमालेको गुटगत राजनीति उत्कर्षमा पुगेका बेला भण्डारी दुईपटक राष्ट्रपति बनिन्। झलनाथ खनाल, माधव नेपालजस्ता शीर्ष नेताहरू समेत राष्ट्रपति पदका आकांक्षी थिए। तर, ओली शक्तिको उत्कर्षमा थिए। यस्तो बेला एमालेको उपाध्यक्ष रहेकी भण्डारी ओलीको छनोटमा परिन्। यस हिसाबले भण्डारीले सर्वोच्च राजकीय जिम्मेवारी प्राप्त गर्नुमा ओलीको भूमिका निर्णायक अवश्य थियो। यही ‘गुन’ का कारण होला, भण्डारी अहिले पनि ओलीप्रति कठोर देखिन्नन्। तर, ओलीको प्रस्तावमा भण्डारी राष्ट्रपति बन्नु सिक्काको एउटा पाटो मात्र हो। ओलीसँग चिनजान हुनुभन्दा धेरैअघि उनी मालेको राजनीतिमा सक्रिय थिइन्। ओलीलाई बरु रामनाथ दाहालजस्ता परिपक्व नेताको संगत प्राप्त थियो। पुरुष हुनुको सामाजिक अनुकूलतामा पनि उनी थिए। तर, महिला, हुनेखाने र व्यवस्था पधक्षर परिवार आदिका कारण कम्युनिस्ट राजनीति ‘ज्वइन’ गर्नु भण्डारीका लागि कता हो कता ठूलो कुरा थियो। तर पनि उनी कम्युनिस्ट राजनीतिमा आबद्ध भइन्। मदन भण्डारीसँग बिहेपछि भण्डारीको राजनीतिक जीवन सफल बनाउन उनले आफ्नो राजनीतिक सक्रियता कम गरिन्। दासढुङ्गा दुर्घटनाअघि मदन भण्डारी जुन उत्कर्ष र सफलतामा थिए– त्यसमा विद्या भण्डारीको योगदानसँग ओलीको तुलना नै हुन सक्दैन। खासगरी काठमाडौँ–१ मा २०५० पुसमा भएको उपनिर्वाचनमा, स्वर्गीय मदन भण्डारीले झैँ कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विद्या भण्डारीको राजनीतिक चर्चा चुलियो, राजनीतिक हैसियत पनि बढ्यो। संसदीय निर्वाचनमा विद्या भण्डारीले प्राप्त गरेको त्यो विजयमा भूमिका खेल्ने पात्रहरू खोज्दा मनमोहन अधिकारी र माधव नेपाल अवश्य भेटिन्छन्, सीपी मैनाली पनि भेटिएलान्। ओली चाहिँ कत्तिको भेटिन्छन् ? जसरी एमाले नेतृत्वमा ओली हुँदैनथे भने राष्ट्रपति बन्ने अवसर विद्यालाई प्राप्त हुँदैनथ्यो, त्यसैगरी विद्या भण्डारीको साथ नपाएको भए विद्यालाई राष्ट्रपति बनाउने हैसियतमा ओली पनि पुग्दैनथे। भण्डारीको साथकै कारण एमालेका अरु दिग्गज नेताभन्दा ओलीलाई बढी ‘जबज’ पन्थीजस्तो देखिन सजिलो भयो र ओली सर्वशक्तिमान बन्न सफल भए।


सम्बन्धित समाचार

किन फतक्कै भयो माओवादी

२०८२ जेष्ठ ३१

ताजा नेपाल

चार कसुरमा निरअपराध देखिए दुर्गा

२०८२ जेष्ठ ३१

ताजा नेपाल

इरान र इजरायललाई युद्ध रोक्न आग्रह

२०८२ जेष्ठ ३१

ताजा नेपाल