Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा चलेको आरोप खेपेका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिहरेकै बेला एमाले अध्यक्ष ओलील्े भने आक्रोश व्यक्त गरेका छन् । सुन तस्करीदेखि नक्कली शैक्षिक प्रमाणपत्रसम्म सरकारले एकपछि अर्को प्रकरणविरुद्ध कठोर कदम चालिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अकस्मात् आइतबार विशेष पत्रकार सम्मेलन आयोजना गरे। तीन सातादेखि संसद् अवरुद्ध गरिरहेको एमालेको पत्रकार सम्मेलन भएकाले स्वाभाविक रूपमा त्यसप्रति धेरैलाई चासो लागेको थियो। त्यही कारण निरन्तर वर्षाका बीच पनि एमालेको केन्द्रीय कार्यालय एमाले नेता र सञ्चारकर्मीले खचाखच थियो। जनताको आवाज उठाउने थलो संसद् चल्न नदिइरहेको एमालेका अध्यक्ष ओलीले केही न केही नयाँ कुरा खुलासा गर्ने अपेक्षा हुने नै भयो। यसअघि कार्यक्रममा प्राय ढिला गरेर पुग्ने ओली त्यस दिन भने निर्धारित समय दिउँसो १ नबज्दै पत्रकार सम्मेलनस्थल आइपुगेका थिए। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठलगायत केही स्थायी कमिटी सदस्य पनि पार्टी कार्यालयमा भेला भए। त्यसपछि एमाले केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पार्टीका तर्फबाट प्रेस विज्ञप्ति पढ्दै अध्यक्ष ओलीसँग प्रश्न राख्न पत्रकारका लागि ‘फ्लोर ओपन’ गरे। पत्रकारले बाहिर चर्चामा आएका प्रकरण र संसद् अवरोधसँग सम्बन्धित प्रश्न राखे। जसबाट एमाले अध्यक्ष आक्रामक भए। र, अर्थतन्त्र डामाडोल भएको दाबी गर्दै सरकारले महातस्करी काण्ड मच्चाएको आरोप लगाए। यसरी अब मुलुक अघि बढ्न नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए। सरकार तथा मन्त्रीप्रति कडा रुपमा प्रस्तुत भएका ओलीलाई पत्रकारले उनकै पार्टीसँग सम्बन्धित अर्थात् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनस् पार्टीगत राजनीतिमा सक्रिय हुन लागेको र यस क्रममा उनीसँग एमालेका केही नेताले भेटवार्ता गरेकोबारे प्रश्न गरे। जवाफमा उनले पूर्वराष्ट्रपति भण्डारी एमालेमै फर्किएर राजनीति गर्न लागेको हल्ला चलाएर पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको टिप्पणी गरे। दुई कार्यकाल राष्ट्रपति पदमा रहेर झन्डै साढे ७ वर्ष शीतल निवासमा बिताएकी भण्डारी यतिबेला बूढानीलकण्ठस्थित निजी निवासमा बसेर एमालेका नेताहरुलाई भेटिरहेकी छन्, राजनीति र एमाले पार्टीबारे अध्ययन गरिरहेकी छन्। र, पनि अहिलेसम्म उनले सक्रिय राजनीतिमा फर्किने कुरा भने प्रस्ट पारिसकेकी छैनन्। तर बूढानीलकण्ठस्थित भण्डारी निवासमा एमाले नेताहरुसँगको बाक्लो भेटवार्ताले उनी राजनीतिमा ‘कमब्याक’ हुन लागेको अनुमान भइरहेको छ। यद्यपि एमाले अध्यक्ष ओलीले एमाले नेताहरुले पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ उनलाई सक्रिय राजनीतिमा आउन निम्ता नभएको जिकिर गरे तर सँगसँगै उनले आफूले पनि भण्डारीलाई पटकपटक भेटेको खुलासा गरे।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल