Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्या सुन्दरलाई डेंगु

काठमाडौं । डेङ्गु संक्रमण भएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । बिहीबार अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ ।
उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । मेयर शाक्यलाई डेंगु पुष्टि भएपछि उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।
यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि डेंगुबाट संक्रमित भएका थिए ।
सुनसरीको धरानबाट शुरु भएको डेंगुले महामारीको रुप लिँदै ५६ जिल्लामा फैलिएको थियो । अहिले करिब करिब नियन्त्रणमा आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रले जनाएको छ ।


सम्बन्धित समाचार