Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । देशको आवश्यकता र महत्वभन्दा परतन्त्रलाई जोड दिँदै आएको नेपाली काँग्रेसले भ्रष्टाचारको जड सांसद विकास कोष ब्यूताएको छ भने एकै प्रकृतिका एउटै हैसियतका सांसदहरू बीचमा भेदभाव गरेको छ । भारत निर्भर पेट्रोलियम बस्तुको प्रयोग कम गर्न नेपाली काँग्रेस तयार छैन् भन्ने कुरा विद्युतीय गाडीलाई महत्व नदिई कर बढी राख्दै बजेट प्रस्तुत गर्नुले छलङ्ग पार्छ । अर्थमन्त्री डा. प्रकाश शरण महत यो देशकी बदनाम पात्र डा. आरजु देउवाका विश्वासीला पात्र हुन् । त्यही कारण डा. महतको बजेटले विद्युतीय ऊर्जाको प्रयोगबाट चल्ने सवारी साधनलाई भन्सार ५ प्रतिशत बढाएर अन्तशुल्क १० प्रतिशत बढाएर एमाले अध्यक्ष केपी ओलीका विस्वासपात्र डा. युवराज खतिवडाकै बाटोमा लागेका हुन् । डा. महतको क्षमता देखियो ।
ओलीका विस्वासी डा. खतिवडाले कम्युनिष्ट पार्टीकै बदनाम गरेर जनतालाई सरल सहज परिस्थिती सिर्जना हुनै दिएनन् । हावाका योजनामा रमाउने बजेट विनाका कार्यक्रमको बालुवाटारबाट उद्घाटन गरेर रमाए जस्तै डा. महतका थुप्रै घोषणा पङ्गु हुनेछन् । देशले विद्युतीय बजार खोजेको छ । सरकार भने विद्युतबाट चल्ने गाडी आयातमा सङ्कट थप्न उद्धत छ । भारत निर्भर इन्धनको प्रयोग घटाएर स्वदेशको ऊर्जालाई जोड दिनु कता कता सरकार सिलगुडी झापासम्म पेट्रोलियम पाईप लाइन अमलेखगञ्ज चितवन पाइप लाइन विस्तार मै रमाएको छ ।
निगमका कर्मचारी आपूर्ती मन्त्री र सचिवसम्म कमिशन आउने भारतीय इन्धनको प्रयोग कम गर्न शासकहरू तयार छैनन् भन्ने कुरा जर्नादन शर्माले बजेटमा एक घर एक इण्डक्सन चुलो सरकारले स्थानीय सरकार मार्फत निशुल्क वितरण गर्ने घोषणा कार्यन्वयन नहुनु हो । त्यो बेला काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । नेपाली काँग्रेसले जनतालाई केही दिँदैन । देशमा बेरोजगारी बढाउने भ्रष्टाचार चम्काउने महारानीहरू डा. आरजु र मञ्जु खाँडले सुजाता कोइरालाको राष्ट्र लुट उछिनेका छन् । परराष्ट्रमन्त्री हुँदा सुजाताले नेपाली पासपोर्ट ज्वाईं रुबेल चौधरी मार्फत बेचेकै थिइन । वायू सेवा निगमको उड्दा उड्दैको जहाज हजम गरेकी सुजाताभन्दा पनि डा. आरजु र मन्जु अगाडि आएका छन् । सार्वजनिक विद्युतीय गाडीमा ९ सय गुणाले भन्सार बृद्धि गरेर अर्थमन्त्री महतले बहादुरी देखाए । यहाँ नेकपा माओवादी केन्द्र र त्यो पार्टीको नेतृत्व समेत लज्जित भयो कि भएन शंका छन् । देश लुटन सफल माओवादीका योद्धाहरू क्रमश नांगीने स्थिति छ । जो लुटाहा छ उसैलाई ऊर्जामन्त्री बनाएर प्रधानमन्त्री प्रचण्डले जनतालाई लोप्पा दिएका छन् । सरकार जनताको पक्षमा छैन । माफीया र बिचौलिया कै सेवक हो भन्ने कुरा नक्कली भुटानी शरणार्थीसँग जोडिएका चरित्रलाई छानविनमा ल्याउन ढिलाई गर्नुले पुष्टि गर्छ । काँग्रेस र एमाले जस्ता छन् माओवादी त्यस्तै बन्दैछ । विद्युतीय ऊर्जाबाट चल्ने गाडी खरिदमा कर बढाउनु भारत निर्भर पेट्रोलियम बस्तु नेपाल भिœयाउन पाईप लाईन विस्तार सम्झौता हुनुले शासकहरू नांगै छन् भन्ने देखाउँछ । बजेटमा अनेक बुँदा जोड्ने तर व्यवहारमा प्रस्तुत नहुने विदेशी दलालहरूलाई सत्तामा प्रवेश गराउनु जनतालाई ठग्ने काम भएको छ । अग्रवाल परिवारको स्वार्थमा डा. युवराजले जसरी बजेट ल्याए जनार्दनले त्यस्तै कर छुटको योजना चौधरी समूहको स्वार्थमा गरेका थिए । यस पटक डा. प्रकाश शरण महतले कस्ता कस्ता व्यापारी खुशी पार्न करको दायरा चम्काउने र घटाउने गरे संसदमा बाख्रे काजीहरूले कसरी बहस चलाउछन त्यसबाट छलङ्ग हुन्छ ।
अर्थतन्त्रका परिसूचक बदल्ने ढोङ पिटेर रमाइलो मान्ने काँग्रेस माओवादीको बहुरङ्गी सरकारलाई एमालेका भष्मशुर केपी ओलीले नुगाएका छन् । ओली आँफू स्वार्थका लागि प्रतिगामी भष्मशुर बिचौलिया प्रयोग गरेर देशको ढुकुटी दोहन गर्न सफल देशघाती हुन् । काँग्रेसका डा. आरजु सुजाता र मञ्जु मौका अनुसारका लुटाहा हुन् । सरकारले यी भष्मशुरको स्वार्थ लत्याउन सक्दैनन् भन्ने कुरा डा. महतको बजेटले जनताको जीवनस्तर उठाउनेभन्दा सार्वजनिक ऋण १९ खर्वबाट २५ खर्व पुग्ने कुरा आर्थिक सर्वेक्षणले गरेपछि अर्थमन्त्री महत र यो ऐजेरुले सिगारिएको सरकार कसरी सफल हुन्छ । जुन सरकारलाई पशुपतिको गर्व गृहको जलारी काण्डको ११ केजी सुन र नक्कली भुटानी शरणार्थी प्रकरणका जन्मदाता केपी ओलीले सोत्तर बनाई दिएका छन् । भ्रष्टाचार काण्डमा आफैं जोडिँदै जादा एमाले अध्यक्ष एंव विकास र सम्वृद्धिका नायक केपीकै कारण पशुपति सुन काण्ड र नक्कली शरणार्थी काण्ड गहिरीएर छानविन हुने अवस्था छैन् ।
सताउनमै छ सरकारको ध्यान
ठूलालाई राजस्व छुटदिने किसान र मजदूरलाई निर्चोने सरकार कस्तो होला ? त्यो पनि काँग्रेसका अर्थमन्त्री भएको बेलामा ! जुन काँग्रेसले गरिव किसान मजदूरको हित गर्दै गर्दैन् । काँग्रेसले सेवा दिने विनोद चौधरी, गोल्छा, दूगड, मुरारका, सूमार्गी र अग्रवालहरूलाई हो । त्यही कारण नेपालीले जाहाज चढ्न भ्याट तिर्नुपर्छ । नेपाली कृषि उपजले बजार पाउँदैनन् तर काँग्रेस किसानलाई कर लगाउँछ । होटल व्यवसायमा न्यूनतम कर लिनु एउटा हो । अब त होटलमा खरिद गर्ने फलफूल र तरकारीमा समेत कर लगाईएको छ । एनसेलसँग राजस्व अशुल्ने काम रोकेर जनतालाई कर लगाउने काममा समेत काँग्रेस अब्वल ब्न्दैछ ।
बजार कालो छ । जनताले राहत चाहन्छ । सीमा क्षेत्रमा तस्करी चर्को छ । किसानको मल बिउ सीमाबाट आउन सहज छैन् । भारतको तरकारी भान्सासम्म पुग्छ । कर छले भन्दै पोका समाउँदै खल्ती भर्न प्रहरी सक्रिय छ । त्यो प्रहरीमा पनि काँग्रेसका बालकृष्ण खाँड डा. आरजु राणा र मन्जु खाँड छायाँ छ । कृषि प्रधान देशमा कृषिलाई व्यवसायी करण गरेर किसानको उत्पादन सहज रूपमा बजारमा ल्याउन सहयोग गर्नुपर्ने सरकारले १० प्रतिशत कर लगाएर रमिता देखाएको छ । नेपालमा रोजगारी नपाएर विदेश जाने युवालाई कामदार कम्पनीले नै ठग्छ । सरकार त्यो ठगी देख्दैन् । फ्रि टिकट फ्रि भिसा कागजमा छ व्यवहारमा म्यान पावर कम्पनीले लाखौं लुटछन् सरकार सुत्छ किनकी श्रममन्त्रीको खान्की त्यही हो । म्यानपावरको ठगी जारी छ । सदनमा काँग्रेस र कम्युनिष्टको जुहारी खान्की मै केन्द्रीत छ ।
जहाज चढ्न टिकटमै कर लगाउने सरकारको योजना जनतामारा छन् । कम्युनिष्टबाट आश गर्न छाडेको जनताले मधेसमा जनमत र नागरिक उन्मुक्ति सहरमा रास्वपाको प्रभावमा संसद बनाउन सफल भए । उधारो सम्वृद्धि र विकासको नारा लगाएर आँफू कुम्ल्याएका केपी ओलीको रोइलो पनि जलारी काण्ड र भुटानी शरणार्थी काण्डले देखायो । कर कहाँ लगाउने हो । लासमा समेत कर लगाउने नेपाल विश्वकै किर्तिमानी देश बन्दैछ । जुन देशमा नेता भ्रष्ट र व्यभिचारी छन् जनताको सेवक बन्न सकेनन् । यस्ताले ल्याउने बजेट यस्तै हुन्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल