Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका ५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति साढे ८ बजेतिर खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा परेका हुन्। जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र चौधरी र दुर्गानन्द्र चौधरीले थापेको करेन्ट प्रवाह भइरहेको बारमा उहाँहरू पर्नुभएको हो, डीएसपी बस्नेतले भने, उहाँहरूको घटनास्थलमै मृत्यु भएको छ। शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल राजविराजमा राखिएको छ। घटना लगत्तै महेन्द्र र दुर्गानन्दलाई पक्राउ गरिएको उनले बताए। उनीहरू हाम्रो हिरासतमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ, बस्नेतले भने।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल