Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानले प्रवद्र्धन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतीय कम्पनी मनिकरन पावर लिमिटेडबीच विद्युत व्यापार खरिद सम्झौता भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल आईपानले सोमबार आयोजना गरेको नेपाल पावर समिटमा उक्त सम्झौता भएको हो ।
यो सम्झौतापछि नेपाल पावरले मनिकरनमार्फत भारतमा विद्युत व्यापार गर्नेछ । हाल नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युतको व्यापार गर्दै आएको छ । सरकारले नेपाल पावर एक्सचेञ्ज लिमिटेडले विद्युत व्यापारको लाइसेन्स पाएपछि भारतमा विद्युत व्यापार गर्न पाउनेछ ।
कार्यक्रममा उर्जा मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न लाइसेन्स दिन प्रकृया सुरू गरेको बताइन् । उनले कार्यविधि बनाउने काम भइरहेको जानकारी दिइन् ।
नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडसँग विद्युत व्यापार सम्झौता गरेर ३९ मेगावाट निर्यात गरेको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल