Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ। बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन । मन्त्रिपरिषद्को बैठकले गत आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । आजको बोर्ड बैठकमा यही विषयमा छलफल हुन लागेको हो ।


सम्बन्धित समाचार