Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्युत् प्राधिकरणमा फेरि कुलमान

काठमाडौं । राम्रा भन्दा पनि हाम्रा र त्यसमा पनि गुटमा सामेल भएका मान्छे मात्रै योग्य हुने निवर्तमान सरकारको नीतिका कारण आम जनताले चाहँदा चाहँदै पनि नेपाल विद्युत् प्राधिकरणबाट सफल कार्यकारी निर्देशकको परिचयसहित बिदा भएका कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको बताएको छ । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिएको हो । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी सरकारले अन्य जिम्मेवारी दिए आफूलाई स्वीकार्य हुने बताइसकेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल