Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका विषयमा विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्। पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने दाबी गरेका हुन्। पार्टीमा कतिपय विषय अनावश्यक ढंगले संवेदनशील बनाइएका छन्। त्यस्ता विषय विधान संशोधनसँग सम्बन्धित छैनन्। त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन। जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन्। त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ, उनले भने। तर, उनले पूर्वराष्ट्रपति भण्डारीको नाम भने लिएका थिएनन्। पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन्। स्थायी कमिटी सदस्य कर्ण थापाको पनि फरक मत दर्ता भएको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल