Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपक्षी मोर्चामा बढ्यो अविश्वास

काठमाडौं । नेकपा एमालेको आन्तकि विवादले विपक्षी गठबन्धनलाई खेल्ने ठाउँ पाइरहेका बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका पक्षमा लचिलो देखिने छाँट देखाएपछि विपक्षी गठबन्धमा अविश्वाससँगै संकट पैदा भएको छ । नेकपा (एमालें) का वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वरस्थित् निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । तीन नेताबीच भएको छलफलमा आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ । सुरुमा नेता नेपाल निवास देउवा छिरेका थिए । त्यसलगत्तै दाहाल पुगेका थिए । पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि नेपाल पक्षले अघि सारेका माग सम्बोधन गर्नेगरि तयारी थालेपछि नेता नेपाललाई भेट्न देउवा र दाहाल पुगेका थिए । लुम्बिनी, बाग्मती र प्रदेश नम्बर १ मा नीति तथा कार्यक्रम पारित गर्न नेपाल पक्षधर सांसदहरुले सघाएपछि देउवा र दाहाल नेपालको भूमिकालाई लिएर सशंकित बनेका छन् । प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षधर पनि सहभागी छ । नेपाल पक्षधर २३ जना सांसदले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा रिटसमेत हालेका छन् । एमालेभित्रको एकताको लागि आफू २०७५ जेठ २ गते नै फर्कन तयार रहेको तर नेपाल पक्षधरले अदालतमा दिएको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको अडान छ । नेपाल पक्षधर कतिपय नेताहरुले ओलीको उक्त प्रस्ताव सकारात्मक भन्दै सहमति गरेर अघि बढ्नुपर्ने भन्दै नेपाललाई दबाब दिएका छन् । अहिले नेता निवासमा देउवा, दाहाल र नेपालबीच छलफल चलिरहँदा उता, एमालेका दोस्रो पुस्ताका दुवै पक्षका नेताहरु पनि छलफलमा जुटेका छन् । नेता नेपाललाई अधिकांश युवा नेताले साथ नदिने बताउने गरेका समाचार आइरहेका छन् । उनीहरुले पार्टी एकता कायम गर्नको लागि हस्ताक्षर फिर्ता लिएर भएपनि अघि बढ्नुपर्ने बताउने गरेका छन् । आजको छलफलमा नेता नेपालले आफूहरुले कुनै पनि हालतमा अदालतमा दिएको हस्ताक्षर फिर्ता नलिने अडान सुनाएका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल