Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपद् उद्दारका लागि सशस्त्रको सक्रियता

काठमाडौं । सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्दार अभ्यास ‘मनसुन २’ कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा सम्पन्न भएको छ । विपद् व्यवस्थापनको समय अगावै हुने पूर्व तयारी अभ्यासलाई जोड दिँदै सशस्त्र प्रहरीको पशुपति बाहिनीले उक्त कार्यक्रमलाई अगाडि बढाएको हो । पर्यटकीय र धार्मिक स्थल एवं कर्कट नागको बासस्थान टौदहमा बाढी तथा डुबानमा परेकाहरुको उद्दार गर्नेबारेमा सशस्त्र प्रहरीका गोताखोर टोलीहरुले प्रदर्शन गरेका थिए । सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीका महासचिव भूपति श्रेष्ठ, गृहमन्त्रलय विपत व्यवस्थापन महाशाखाका उपसचिव रमा आचार्य, सशस्त्र प्रहरीका एआईजी वंशी दाहाल, पशुपति बाहिनीका बाहिनी प्रमुख डिआईजी पुरुषोत्तम थापाले विपद् व्यवस्थापन र भतितव्यका बारेमा आफ्ना भनाई राखेका थिए । कीर्तिम घटना सिर्जना गरेर उद्दार गरिएको सो कार्यक्रममा भूकम्प, आगलागी, बाढी पहिरो जस्तो दैवी विपत्तिका बारेमा संयुक्त अभ्यासको आवश्यकतालाई वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरीले दैवी विपत्तिका समयमा प्रयोग हुने प्राविधिक औजारहरु प्रदर्शन गरेको थियो । उक्त कार्यक्रमलाई सशस्त्र प्रहरीको पशुपति बाहिनीले आफ्नो कार्ययोजनामा राखेको थियो । यसअघि पनि सो बाहिनीबाट चन्द्रागिरी केबलकालका आठ जना इञ्जिनियहररुलाई सहभागी गराएर केबलकार रोकिँदा गर्नुपर्ने उद्दार कार्यको अभ्यास गरेको थियो ।

विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सुरक्षाकर्मीले टौदहमा अभ्यास गरे । भविष्यमा हुने विपद् व्यथापनको लागि यो अभ्यास निकै महत्त्व हुने कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बताए । अभ्यासमा बाढीमा हुने सम्भावित जोखिम बाट बच्ने उपाय, पानीमा डुबेकोलाई उद्धार गर्ने लगायत अन्य जोखिम न्युनिकरणीका कार्यहरू देखाइएको थियो ।सशस्त्र प्रहरीले बलले देशै भर विपद् व्यवस्थापन का घटनामा अग्रपङ्कतीमा काम गरिरहेको छ । आगलागीका घटना होस या बाढी पहिरो डुबानका घटनामा कुशलता पूर्वक उद्धारको काम गरिरहेको पशुपतिनाथ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताएका थिए ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल