Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो।
प्रधानमन्त्रीको कार्यालयका अनुसार छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा केन्द्रित भएर जनप्रतिनिधिको सुझाव लिइँदैछ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक योजना र सरकारको आगामी भूमिकाबारे समेत छलफल हुने बताइएको छ।
२०८३ भाद्र २९
ताजा नेपाल
२०८३ भाद्र २९
ताजा नेपाल
२०८३ भाद्र २९
ताजा नेपाल