Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपन्न नागरिलाई दिइने उपचार खर्च बढाउन माग

काठमाडौं । अघिल्लो कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले क्यान्सरलगायत दीर्घ स्वास्थ्य समस्या भएका विरामीलाई दिने निर्णय गरी कार्यान्वयनमा आइसकेको र त्यसपछिको सरकारले स्थगित गरेको मासिक पाँच हजार रुपैयाँ जीवनयापत भत्ता यस पटकको कार्यकालमा पूर्ण रुपमा लागू गराउन माग गरिएको छ ।
नेपाल अर्वुन रोग निवारण संस्थाको एक प्रतिनिधिमण्डलले नवनियुक्त स्वास्थ्यमन्त्री उमेश श्रेष्ठलाई भेटी स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु समाधानगर्न आग्रह गरेको छ ।
नेपाल अर्वुन रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठको नेतृत्वमा कार्यवाहक अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष कृष्ण बस्नेत, महासचिव विमल होडा, समाजसेवी तथा धूमपान विरुद्धका अभियन्ता वरिष्ठ समाजसेवी दिपेन श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा. अजय झाको टोलीले पौने ३ करोड नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी लिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी देशका सातवटै प्रदेशमा सुविधा सम्पन्न क्यान्सर केयर सेन्टर खोल्न पनि माग गरेको छ । काठमाडौं र चितवनमा हाल सञ्चालनमा रहेका क्यान्सर अस्पताललाई अझै सुविधासम्पन्न क्यान्सर उपचार केन्द्र बनाउन माग गरियो । यसैगरी लहानमा अर्वुद रोग निवारण संस्थाले क्यान्सर केयर सेन्टर शुरु गरिसकेको जानकारी दिँदै त्यसलाई पूर्वाञ्चलको केन्द्र बनाउन समेत माग गरिको छ । यसैगरी काठमाडौंको बीर अस्पतालमा थन्किएर बसेका करोडौंका मेसिनहरु टोमो थेरापि, रेडियो थेरापिलाई तत्काल सञ्चालनमा ल्याई क्यान्सर रोगको उपचारमा सहज वातावरण बनाउन माग गरियो ।
विपन्न नागरिकलाई राज्यले दिएको १ लाख अत्यन्तै न्युन भएको भन्दै यस्ता दीर्घकालीन स्वास्थ्य समस्याको जिम्मेवारी राज्यले लिएर पूर्ण निशुल्क उपचारको व्यवस्था संस्थाका निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठले माग गर्नुभयो ।
सूर्तिजन्य पदार्थको नियमावली आइसकेर पनि कार्यान्वयन पक्ष फितलो हुँदा क्यान्सर जस्ता दीर्घ रोगको संक्रमण बढेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने वातावरण मिलाउन माग गरिएको छ । जोखिमपूर्ण स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्य कर्मीलाई जोखिम भत्ताको व्यवस्था गर्न पनि स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । स्वास्थ्य क्षेत्रका यावत समस्याहरुबारे जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि टोलील भेट गर्दैछ ।


सम्बन्धित समाचार