Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लवले लुटाहा छान्ने

काठमाडौं । संसदीय मोर्चाकै बाटोबाट चुनवामा दुई तिहाईको जनमत पाएको नेकपाको नेतृत्व पदीय स्वार्थ र कुर्सीको लडाइँमा चुर्लुम्म भएको बेला जनगणतन्त्रको आँधी बेहरी ल्याउन ध्वंशको राजनीति चम्काइरहेको नेकपाको चन्द पक्ष २२ दलीय राष्ट्रिय जागरण मञ्चको नेतृत्व लिन राजधानीका वस्ती वस्ती धाइरहेको छ ।

भ्रष्टाचार र बेथितिमा डुबेको ओली शासनलाई ठाउँ ठाउँमा चुनौती दिएको नेकपाका महासचिव नेत्रविक्रम चन्द आफैं उमेर कटेका वृद्ध नेताहरू मोहन वैद्य, चित्रबहादुर केसी, मोहनविक्रम सिंहसँग राष्ट्रिय जागरण मञ्चका गतिविधि सशक्त बनाउन खटेका हुन् । नेकपा उच्च स्रोतका अनुसार महासचिव चन्द ७७ जिल्लामा यही बेला सशक्त कार्यक्रमको सन्देश दिन भ्रष्ट र लुटाहाहरूमाथि आक्रमण गर्नुपर्ने तयारीमा रहेको बताइएको छ ।

प्रचण्ड र केपीको सत्ता लडाइँबाट दिक्क भएको समूह विप्लवलाई उचाल्दैछ । एमसीसीको विरोधी राष्ट्रवादी देशभक्तहरूलाई गोलबन्द गरी संसदीय मोर्चाका असफल पात्रहरूको दोहोलो काड्न भ्रष्टहरूमाथि भौतिक रूपमै प्रहार गर्नु पर्ने सरकारप्रति आक्रोशित समूहको सुझाव रहेको छ । त्यसैको संकेत हो पूर्वी पहाडी जिल्लाहरूका विप्लव समूहको सक्रियता । प्रहरी र सुरक्षाकर्मी भन्दा यो बेला देश लुटेका नेकपाका नेतामाथि छानेर कडा कारबाही गर्न दुई तिहाई बहुमत पाउँदा जनतालाई सेवा नदिने दलालहरूमाथि प्रहार केन्द्रीत गर्न जोड दिने जनमत ठूलो छ ।


सम्बन्धित समाचार