Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लवसँगको वार्ता आज निर्णायक

काठमाडौं । आफैंले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग सरकारले हिजो दुई चरणको वार्ता गरेको छ । पहिलो चरणको वार्ता बालुवाटारमा भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव समूहका वार्ता टोलीका खड्गबहादुर विश्वकर्मा र उदय चलाउने विहानै प्रवेश गरेका थिए । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सहभागी थिए । पहिलो चरणको वार्तामा सामान्य कुराकारी र एजेन्डा प्रवेश भएको थियो । ४५ मिनेटको वार्ता एजेन्डाबारे सामान्य छलफल पछि साँझ बस्ने गरी सकिएको थियो । दोस्रो चरणको वार्ताका लागि प्रकाण्ड र दिपक अपरान्ह बालुवाटार छिरेका थिए । एक घन्टा चलेको वार्तामा विषयमा केन्द्रित भएको थियो । दुवै पक्षको समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने बुझिएको छ । वार्ता पछि प्रकाण्ड र दिपक लाजिम्पाटस्थित शिवभक्तमार्गमा रहेको घरमा पसेका थिए । आज वार्ता निर्णायक हुने बुझिएको छ ।