Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लव इन्डो–पश्चिमाको छद्म अनुहार

  • अर्जुन ज्ञवाली

कुनै पनि देशमा जब राजनीतिक दलहरू गैर जिम्मेवार हुन्छन् राष्ट्रले विकल्प खोजिरहेको हुन्छ । त्यो अवस्थामा राज्यसत्ताको मुल अंग सेनाले निकास दिन सकेन भने त्यस्तो सेना विघटन हुन्छ । विश्व इतिहासमा इतिहासको विरासत जोगाउन नसकेको अवस्थामा पुरानो सेना विघटन भएर गएका देशहरू धेरै छन् । सुरक्षा अधिकारीहरूलाइ इतिहासको हेक्का होला । सन् १९६० को दशकमा अफगानिस्तानमा राजा जाहिर शाह बिस्थापन गर्ने सेनाको अदुर्दर्शिताको कारण उक्त सेना विघटन भयो । राजा जाहिर शाहका बेइमान दलाल वैदेशिक घुसपैठिया ज्वाईं दाउदलाई अगाडि लगाएर सेनाले राजा जाहिर शाहलाई त कु ग¥यो, त्यसको केही वर्षपछि उक्त सेना विघटन भयो । सन् १९७८ सम्म आइपुग्दा बारबरा कर्मालको नेतृत्वमा रुसी सेनाले अफगानिस्तान कब्जा ग¥यो । अन्ततः जाहिर शाहलाई कु गर्ने सेना र उनका ज्वाईं दाउद दुवैको समाप्ति भयो । अफगानिस्तान वैदेशिक क्रिडास्थल बन्यो । चाहे तत्कालिन शोभियत संघको हस्तक्षेप होस या तालिवान मार्फत् सिआइएको कब्जा ।
सन् १९७० को दशकमा कम्बोडियामा राजा नरोद्दम सिम्हानुकलाई सेनाले कु ग¥यो, जसरी अफगानिस्तानमा गरेको थियो । राजा नरोद्दम सिंहानुक तत्कालिन सोभियतसंघको राजकीय भ्रमणमा रहेको अवस्थामा अफगानिस्तानका सेनापति लोननोलले अमेरिकी साम्राज्यवाद र सिआइएको आडमा राजा हटाएको घोषणा गरे । यो थाहा पाएपछि राजा नरोद्दम सिंहानुक रुसबाटै चीन निर्वासनमा गए । तत्कालिन चिनियाँ राष्ट्रपति माओत्सेतुङले सिंहानुकलाई राष्ट्राध्यक्षका रुपमा सम्मान गर्दै ‘मलाई जनताका प्रतिनिधि भन्ने साम्राज्यवादका दलालहरू भन्दा तपाईं जस्ता राजकुमार मन पर्दछ’ भन्ने जवाफ माओले दिए । यो कुरा नरोद्दम सिंहानुकको सिआइए विरुद्ध मेरो लडाइँ भन्ने पुस्तकमा उल्लेख गरिएको छ । ‘कु’ पछि कम्बोडियाको नरोद्दमलाई कू गर्ने सेना विघटन भयो । अब पालो नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले संसदमा नेपाली सेनाको संख्या घटाउने एजेन्डा उठाउादा र यही एजेन्डा केही समय पूर्व हिमाल खबरपत्रिकामार्फत पनि उठाइएको थियोे । जोजसले उठाए पनि यदि नेपालको सेनाले २०५८ जेष्ठ १९ को हार्ड सैन्य कु (दरबार हत्याकाण्ड) र २०६४ जेष्ठ १५ को सफ्ट सैन्य कु (गणतन्त्र घोषणा) सच्याउँदैन भने कम्बोडिया र अफगानिस्तानमा जस्तै विघटन निश्चित छ । जसरी अफगानिस्तानमा र कम्बोडियामा गणतन्त्रको भारी जोजोले बोके पनि वास्तवमा गणतन्त्र अमेरिकी आडभरोसामा सेनाले ल्याएको थियोे । सच्याउन सकेन उक्त सेना विघटन भयो । नेपालमा पनि जोजसले गणतन्त्रको भारी बोके पनि गणतन्त्र इन्डो–अमेरिकी योजनामा सेनाको सफ्ट कू र हार्ड कू मार्फत् ल्याएको हो । सचाउन नसके यो सेनाको विघटन हुन्छ नै । जसरी जग बिनाको घर भत्किन्छ लिगेसी बिनाको सेना पनि विघटन हुन्छ । यसकारण संख्याको चिन्ता लिनुपर्दैन । नेपाली सैनिक जनरलहरूलाइ इतिहासको समयमै हेक्का रहोस् ।

विप्लव इन्डो–पश्चिमाको छद्म अनुहार
कुनै समय प्रचण्ड–बाबुरामको भण्डाफोर गरिएको ‘महापतन’ नेत्रबिक्रम चन्द ‘विप्लव’ द्वारा लिखित पुस्तक हो । यतिबेला यो पुस्तकका हरफहरूले स्वयं विप्लब नामक गिरोहको महाअपराधीका रुपमा पतन गराएको छ भन्ने कुरा विप्लवको उक्त पुस्तकका हरफहरूलाई पल्टाएर हेर्दा नै प्रमाणित हुन्छ । नोकरलाइ मालिकले अराएको भन्दा धेरै अधिकार हुँदैन । माओको नाम बदनाम गर्दै कथित माओवादका नाममा गाउँका कुखुरा चोरहरूदेखि शहरका पकेटमारहरू जम्मा गरेर युरो–इसाई र रअको योजनामा राजा विरेन्द्रमार्ने दरबारिया र सैनिक गिरोहले चलाएको माओवादी हिंसा थियोे– दश वर्षे आतङ्क । यही गिरोहले प्रचण्ड–बाबुराम जस्ता नोकरले मालिकको आदेश क्रस गर्छन् कि भनेर रअ÷युरो पश्चिमा र विरेन्द्र मार्ने गिरोहले जुगाडमा राखेको महाअपराधि समूह नै विल्पव गिरोह हो । संसारमै नभएको विद्रोहीले सेना र प्रहरीसँग मिलेर एकीकृत जनक्रान्ति गर्ने भन्दै केही समय भ्रम दिँदै आएको यो समूह मालिकको आदेशपछि यो महाअपराधी गिरोह समाजवादी मोर्चाको नाममा देश द्रोहिहरूसँगै ऐक्यवद्धता गर्न आइपुगेको छ । प्रचण्ड–बाबुराम नामक अपराधीहरूमार्फत माओको नाम बदनाम गरिसकेपछि बिप्लब नामक महाअपराधी समूह पाखण्डपूर्ण रुपमा सि चीन फिङको नाम बदनाम गर्न इन्डो÷पश्चिमा र विरेन्द्रहत्या गर्ने गिरोहसँग एक्यवद्धता गर्दै नामकोपछि सि राख्ने नाटक मञ्चन गर्दै आइरहेको छ । करोडौंको पजेरो अघिपछि पकेटमार र चन्दा उठाउने गुण्डाहरू लिएर कहिले किसानको खेतमा गहुँ काटेको त कहिले धान रोपेजस्तो गरेर भ्रमदिने प्रयत्न गरिरहेको सहजै बुझ्न सकिन्छ । यो देशलाई बिदेशीको खेलमैदान बनाउन हिँडेका प्रचण्ड–बाबुराम जस्ता युद्ध अपराधी र बिप्लब जस्तो महाअपराधीले हेक्का राख्दा हुन्छ यो ०५२ साल होइन । तिमीहरूको पतनत अब कसैले रोक्न सक्तैन इतिहासमा तिमीहरू जस्ता महाअपराधीहरूलाइ भावी पुस्ताले हजारौं हजार बर्षसम्म थुक्नेछ । इतिहास सय पचास बर्षको हुँदैन र भिडको आवाज पनि होइन ।