Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लव समूह फेरि चन्दा अभियानमा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई चन्दा आतंक मच्चाएको अभियोगमा पार्टीमाथि नै प्रतिबन्ध लगाए पनि सो पार्टीले फेरि चन्दा आतंक शुरु गरेको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनासहित विप्लव समूहले विज्ञप्ति नै जारी गरी आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।
हिंसात्मक गतिविधि मच्चाएको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले आफ्ना कार्यकर्ता पक्राउ परिरहेको र धरपकड बढिरहेको बेला यस्तो विज्ञप्ति जारी गरेको हो ।

शनिवार उनले एउटा लामो विज्ञप्ती निकाल्दै ५ महिनासम्म पार्टीले आर्थिक अभियान सञ्चालन गर्न लागेको र यो अभियानमा पार्टीको केन्द्रीय समिति, ब्यूरो, जिल्ला र मोर्चाहरुको संयुक्त र एकीकृत सहभागिता रहने उल्लेख गरेका छन् । प्रकाण्ड यस अगाडी पनि पार्टीको आर्थिक विभागमा थिए । अहिले फेरि उनले आर्थिक विभाग आफ्नै नेतृत्वमा ल्याउन सफल भएपछि आर्थिक सहयोगका नाममा चन्दा आतंक मच्चाउन लागेका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्ड अहिले पार्टीभित्र पार्टी प्रवक्ता, सचिवालय सदस्य, आर्थिक विभाग प्रमुख, मध्य कमाण्ड इन्चार्ज र विद्यार्थी फ्याक्सन इन्चार्ज छन् । उनले आफु निकट जनवर्गीय संगठनका केही प्रमुखलाई साथ लिएर विगतमा पनि आर्थिक चन्दा अभियान तिव्र बनाएका थिए ।
प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैकालागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैं सहयोग गरिदिनुहुन अनुरोध छ । प्रकाण्डको खुलेआम आर्थिक सहयोग गर्न अपिल सहितको वक्तब्य जारी भएसँगै उधोगी, ब्यवसायीहरु भने आतंकित हुन थालेका छन् ।