Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विभाजनको नजिक नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा पार्टी विभाजनको नजिक पुगेको छ । सोमवार फेसुबुक स्टटास राख्दै पार्टी संस्थापक नेता रेशमलाल चौधरीले जसरी पनि सत्ताको हालिमुहाली गर्नेको पछाडी आफुहरु नलाग्ने स्पष्ट पार्नु भएको हो । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनको विषयलाई लिएर पार्टी भित्र अध्यक्ष रञ्जिता चौधरी र उहाँका पति रेशम चौधरीबीचको विवाद नेता कार्यकर्ता बीच हात हालाहालको अवस्थामा पुगेको छ । सोमबार अनामनगरस्थित पार्टी कार्यालयमा दुई पक्षबीच कुटाकुट भएको र रेशमले अर्को पक्षलाई ज्यान मार्ने धम्की दिएको समाचार आइरहेका बेला रेशम चौधरीले फेसबूकमार्फत गरेको खण्डनले पार्टी फुटको संघारमा पुगेको अनुमान कठिन छैन । पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो, ज्यान मार्ने धम्की कसले दियो, सुन्नेरहेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौं, रेशमले फेसबूकमा लेखेका छन्, अनावश्यक हो हल्लाको पछि नलागौं । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो ।