Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विभिन्न सामान सहित पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने सर्लाही बरहथवा नगरपालिका-९ घर भएका ३६ वर्षीयको निर बहादुर कार्कीलाई विद्युतीय डिभाइस जडित विभिन्न सामान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्की सवार बा। ७३ प ५१२२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा १२ प्याकेट विद्युतीय डिभाइस जडित तास र नगद ८० हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका(१४ सोल्टी दोबाटोबाट उनलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धानको क्रममा कार्कीको कोठाबाट भारतीय रूपैयाँ नगद ६ हजार, मुक्तिनाथ विकास बैंकको ५ लाख रुपैयाँको चेक, बैंक अफ काठमाडौंको ६ लाख रुपैयाँको चेक, मोबाइल १५ थान, डिभाइस जडिस पर्स, बेल्ट, घडी, चस्मा, कपडाको बाउला गरी २५ थान, तास ४ बोरा खुल्ला तास १ सय बण्डल, व्त्क् घटज्ञ लेखिएको डिभाइस ५ बट्टा, ऋख्प् लेखिएको डिभाइस २ बट्टा, म्प् लेखिएको डिभाइस १ बट्टा, इलेक्ट्रिक चुरोट १ बट्टा, डिभाइस रिमोट २४ थान, डिभाइस जडित ीभ्म् ीष्नजत १ थान, डिभाइस जडित १ हजारको नोट ५ थान, पहेलो रंगको इयरपिस १ सय २५ थान, डिभाइस जडित इयरपिस १० थान, ःबनलभत उष्भअभ ५ थान, चस्मा ४ थान, डिभाइसको ब्याट्रि १ सय ६८ पिस, डिभाइसको ब्याट्री १ सय २८ लेखिएको २० बट्टा, एइध्भ्च् द्यब्ल्प् १ थान, ीभ्ल्क् ४५ थान, इलेक्ट्रिक जभउि धबतअज १ थान, प्इ लेखिएको इयरपिस ४ थान, ख्क्ष्द्यच्ब्त्इच् ६ थान, डिभाइस जडित कालो टिसर्ट १२ थान, डिभाइस जडित सर्ट १५ थान र मोबाइलको ब्याट्री ५० थान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।