Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विभिन्न हातहतियार बरामद

दाङ । गढवा गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका-१ को सिमानामा रहेको शिवराज नगरपालिका(१ स्थित खाली गोठमा लुकाइ छिपाइ राखेको एसएमजी ५ थान, सोहीको म्याग्जिन १३ थान, गोली ३ सय ९० राउण्ड र हतियार राख्न प्रयोग गरेको सुटकेश १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा हातहतियार लुकाइ छिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय गढवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त स्थान तलासी गर्ने क्रममा सुटकेशभित्र उक्त हातहतियार राखी पात पतिङ्गर र झारपातले छोपी लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।