Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलका ड्युटी फ्रि पसल तस्करका सेल्टर

काठमाडौं । आफ्नो सरुवा हुने समय नजिकिँदै जाँदा त्रिभुवन विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई व्यापारिक केन्द्र बनाउने अभियानमा जुटेका महाप्रबन्धक देवेन्द्र केसीप्रति पर्यटनमन्त्री योगेश भट्टराई समेत सशंकित हुन थालेका छन् । केसीको पहलमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित व्यवसायीलाई पोस्नका लागि ‘डियुटी पेड’ पसलका लागि टेन्डर आह्वान गरेपछि आन्तरिक विवाद चर्किएको छ । नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले समेत सोच्न नसकेको निर्णय गरेर महाप्रबन्धक केसीले तस्करहरुको सेवा गर्ने अभियान शुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्तया ‘डियुटी फ्रि’ पसल सञ्चालन हुने भए पनि सीमित व्यक्तिलाई नै टेन्डर पर्ने शर्तहरुसहित क्यानले डियुटी पेड पसलको लागि टेन्डर आह्वान गर्दा मन्त्रालयले समेत शंका गरेको हो । करयुक्त सामान बिक्रीका लागि क्यानले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तलाको २२१३९ वर्गमिटर क्षेत्रफल भाडामा लगाउन खोजेको थियो । तर, त्यसमा मदिरा पसल मात्र रहने गरी टेन्डर आह्वान गरिनु नै शंका गर्ने ठाउँ पैदा भएको हो । त्यति मात्र होइन त्यस्ता ठाउँमा विदेशी मुद्रा सटही काउन्टर खोल्दै आएका माफियाहरु एयरपोर्ट व्यवस्थापनसँग पहिलेदेखिनै निकट हुने गर्दथे ।

क्यानले असोज ६ गते टेन्डर आह्वान गर्दै मदिराका लागि भाडामा लिनेहरुले ५ वर्षदेखि निरन्तर व्यवसाय गरिरहेर अन्तःशुल्क तिरिरहेको हुनुपर्ने शर्त राखेको छ । यो शर्तले नयाँ व्यवसाय गर्न खोज्ने वा पाँच वर्षभन्दा पछि व्यवसाय गरेकालाई बन्देज गर्न खोजेकोले नयाँ प्रतिस्पर्धीहरुलाई छेक्न तस्कर दिपक मलहोत्रा जस्ताको मनपरी देखिएको हो । मलहोत्रा निकट मानिएका व्यवसायीलाई दिनका लागि शर्तहरु राखिएको कुरा व्यवसायीहरु बताउँछन् । विमानस्थलमा सटर भाडामा लिने र भाडा नतिर्ने ठूलो समूह रहेको छ ।

शेरबहादुर देउवाका सालो नाता जोडेर ड्युटी फ्रि रक्सीको पसल थाप्नेहरुलाई समेत विगतमा भाडा लिएर खेदिएको विमानस्थल अहिले केसीको समयमा पुन पुरानै बाटोमा लागेको देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डियुटी फ्रि पसल बाबुराम भट्टराई अर्थमन्त्री हुँदा हटाएका थिए । एयरपोर्टमा आएर विदेशी रक्सी किनेको र बाहिर बिक्री नभएको व्यवसायीहरुले गुनासो गरेपछि त्यसैको दबाबमा परेर भट्टराई एयरपोर्टमा डियुटी फ्रि पसल बन्द गराएका हुन् । रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा एयरपोर्टलाई बुटिक बनाउने र डियुटी फ्रि पसल सञ्चालनमा ल्याउने योजना बनाएका थिए । हालका पर्यटनमन्त्री योगेश भट्टराईले पनि एक वर्षअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डियुटी फ्रि पसल सञ्चालनका लागि विमानस्थल प्रशासनलाई तयारी गर्न निर्देशनसमेत दिएका थिए ।

उनले त्यो बेला डियुटी फ्रिका लागि सामानहरुको सूची बनाएर प्रस्ताव पेश गर्नसमेत निर्देशन दिएका थिए । तर डियुटी फ्रि पसलको तयारी नगरी क्यान र विमानस्थल प्रशासनले डिपार्चर क्षेत्रमा डियुटी पेडका लागि टेन्डर आह्वान गरेकोले आन्तरिक विवाद चर्किएको हो । डियुटी फ्रि अराइभल क्षेत्रमा मात्र हुन्छ, डिपार्चरमा डियुटी पेड नै भए पनि विमानस्थलको सुरक्षालाई ध्यान दिँदा भित्री भागमा रक्सी पसल राख्न दिनु तस्करहरुलाई सहज बाटो खुलाउनु हो । तर, १२ वर्षअगाडि अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल र डिर्पाचर दुवै क्षेत्रमा डियुटी फ्रि पसल सञ्चालनमा थिए ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल