Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलबाट २ किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् ।
राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
कतार एयरको उडानद्वारा नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार चेकिङको क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ ब्राजिलियन नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।