Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलमा मलहोत्रा आतंक

काठमाडौं । ग्राउन्ड ह्यान्डलिङबाट वर्षमा ३ अर्ब १८ करोड ४० लाख आम्दानी गर्ने वायु सेवा निगमसँग खोसेर तस्कर दिपक मलहोत्राले कब्जा गर्ने दाउमा थिए । निगमलाई अप्ठ्यारो पार्ने काम नागरिक उड्डयन प्राधिकरणका सिइओ प्रदीप अधिकारीले गर्दै आएका छन् । अधिकारीको एक हल्लापछि निगम कर्मचारीले आन्दोलन गरे । ३ अर्ब ७५ करोड २१ लाख रूपैयाँ नगदका भरमा ३ वटा जहाज किन्न तम्सेका मन्त्री सुदन किराँतीलाई सोल्टी होटलको ४ अर्ब ५७ करोड ७८ लाख २८ हजारको शेयर बेच्ने हतारो छ । माफियाले एयरपोर्ट कबजा गरेर प्राधिकरणलाई मासिक भाडा कति बुझाए त्यो जाँचबुझ गरिएको छैन । मलहोत्रा र यति एयर समूहले ग्राउन्ड ह्याण्डलिङ कब्जा गर्ने तयारीका साथ निगम र प्राधिकरणको ५ महिना बाँकी छँदैको सम्झौता तोड्ने कुरा प्राधिकरणले ल्याएको हो । नेकपा एकीकृत समाजवादीका ठेकेदार प्रेम आले पर्यटनमन्त्री बन्दा नारायणहिटीको भट्टी पसल बन्द गराए, गौशालाको धर्मशालालाई धम्काए, तिलगंगाको धर्मशालाबाट बतास समूहको रजाइँ खोसे । तर नागरिक उड्डयनमा प्रदीप अधिकारी जस्ता लुटाहालाई स्थान दिए । २५ करोड खर्च गरेर ९ तहका अधिकारीलाई १२औं तहमा पु¥याउने नेकपा एकीकृत समाजवादीकै नेतृत्व हो । काँग्रेसकी सुजाता कोइरालाले पटक पटक लुटेर अस्थिपञ्जर मात्र बाँकी रहेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी आफैं पनि स्वच्छ रहेनन् । लेखा समूहका उनी निगमकै महिला कर्मचारीलाई अपमान गर्दा विवादमा ताकिएका तिनै पात्रलाई समाजवादीका झलनाथ खनालले त्यो ठाउँमा पु¥याएका हुन् । प्रेम आलेले उनलाई बर्खास्त गरेपछि सर्वोच्चबाट स्टे अर्डरमा पुन निगम प्रवेश गरेका अधिकारीले व्यवस्थापन चुस्त बनाउन सकेको छैन । सरकारले पनि निगमको आन्तरिक भ्रष्टाचार रोकेको छैन । सुन तस्करबाट कम्प्युटर र मोबाइल फोनको व्यापार हुँदै कहिले प्रहरीको बुट ठेक्का लिने त कहिले हाउजिङमा लगानी गर्ने मलहोत्रा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट छन् । यिनले गिरीबन्धु टि स्टेटको जमिन साटफेर गर्न केपी ओली सरकारबाट भूमिसुधार ऐन २०२१ परिवर्तन गराए ।
गिरीबन्धु टि स्टेजको मुद्दा सर्वोच्चमा छ । मलहोत्राले काँग्रेसकी महारानी डा. आरजु देउवा सम्मलाई मिलाएका थिए । मलहोत्राले एयरपोर्ट कब्जा गरेको छन् । अवैध ढंगले भित्रने सामान उनको कार्यालयमा वायुसेवा निगम, भन्सार विभाग, नागरिक उड्डयनका कर्मचारीले मात्र होइन प्रहरी र अध्यागमनले समेत लोडरहरूमार्फत् पु¥याउँछन् । सरकारले अन्तर्राष्ट्रिय एयरपोर्टको महत्व बुझेको छैन । त्यहाँ तस्करी चम्केको छ । वायु सेवा निगमले २७ वटा विमान कम्पनीसँग जहाज ग्राउन्ड ह्याडलिङ गर्दाको रकम उठाउन सकेको छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय विमान कम्पनीले २७ करोड २४ लाख रकम तिर्नु छ । त्यो रकम उठाउने दायित्व वायुसेवा निगमको हो । निगमको व्यवस्थापन कमजोर हुनुको कारण विमान कम्पनीले तिर्नु पर्ने रकम नतिरेका हुन् । यति समूह र मलहोत्राको टोलीले अराजक प्रवृत्तिका महानिर्देशक अधिकारीलाई प्रयोग गरेका हुन् । जुन काम मन्त्रालयको अनुमति बिना सम्भव छैन । मन्त्री सुदन किराँतीलाई जहाज भिœयाउने ध्याउन्न छ । नेपाली आकाशमा उडाउन अयोग्य वैद्य अर्गनाइजेशनका सुरज वैद्य एजेन्ट बनेर भिœयाएका ५ जहाजका बारेमा चिन्ता छैन । संस्था डुब्ने यसरी नै हो ।
किराँतीको योजना
मन्त्री सुदन किराँतीले जनताले निगमबाट सुविधा पाउने हो भने पहाडी भेगमा उडाउन साना ३ जहाज जरुरी छ भनेका छन् । उनले पनि यति एयरले तारा एयरका लागि निगमसँग लगेको ३ वटा टुइनअटर जहाजको बारेमा कुनै चासो लिएका छैनन् । निगमसँग मर्मत गरेर चलाउने र भाडा तिर्ने भनेर ती जहाज तारा एयरका रूपमा उडेका छन् डलर कमाउने तारा एयर निगमलाई भाडा पनि बुझाउँदैन । माउन्टेन फ्लाइटमा ती जहाज प्रयोग हुँदा २ वटा ध्वस्त भएका छन् । निजी क्षेत्रले व्यापार गर्छ सेवा दिँदैन भनेर नयाँ जहाज खरिदको कुरा आएको हो । अहिले ३ वटा विदेशी कम्पनीले निगमलाई जहाज बेच्न प्रतिस्पर्धा गर्दैछन् । त्यो प्रतिस्पर्धामा फ्रान्सेली कम्पनीको एटिआर अगाडि भएको बताइन्छ ।
निगमको आम्दानी
यो वर्ष निगमले २२ अर्ब २४ करोड २० लाख आम्दानी गर्दा चीनबाट ल्याइएको जहाजका लागि ४८ करोड खर्च गरेको छ । बिग्रेको जहाज मर्मत गर्दा ठूलो रकम सक्ने निगम टायर समेत जगेडामा राख्दैन । केपी ओलीले निगमको जहाज भन्दा माफिया थामसेर्कु समूहको हिमालयन एयर रोजेका थिए । संस्थागत सुधार गर्न नेतृत्व सफा नहुँदा निगमको बदनाम भएको हो ।