Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाले ज्यान गुमाए

मुम्बई । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको एएक्सबी १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए । उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७ः४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।