Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विराटनगरको बालसुधार गृहमा झडप

विराटनगर । मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ राखिएका बालबिज्याइँकर्ताबिच झडप हुँदा १ जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन् ।

घाइते हुनेमा हिरणकुमार मण्डल रहेका छन् । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार अहिले झडप नियन्त्रणमा आइसकेको छ ।

बुधबार सुधार गृहबाट बालबिज्याइँकर्ता भाग्न खोजेपछि रोक्ने क्रममा झडप भएको चिमरियाले बताए ।

घटनालाई अहिले नियन्त्रणमा लिइएको छ, एसपी चिमयरीले भने, अहिले सुधार गृहमा रहेका बालकहरूलाई भित्र राख्ने काम भइरहेको छ ।

५० जना मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल २ सयभन्दा बढी बालकहरू रहेका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल