Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विरेन्द्रनगरमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

काठमाण्डौं । सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज ४ गतेदेखि ६ गतेसम्म तीन दिन महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा कर्णालीको कथामा बनेका चलचित्र प्रदर्शनदेखि कर्णालीलाई चलचित्र पर्यटनको रुपमा विकास गर्ने विषयमा अन्तरक्रिया गरिनेछ ।
महोत्सवको माध्यमबाट कर्णालीको कथा, जीवनशैली, भेषभुषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्य रहेको जानकारी दिईएको को । महोत्सवमा रेडचेरी मिडिया, कर्णाली प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।
पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्य कलाकार हिमेश पन्त, मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र बहादुर मल्ल, निर्देशक रामशरण पाठक निर्मात्री रज्जु प्रधानलगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय कर्णालीमा चलचित्र छायांकन गर्ने क्रम बढेको छ । ‘प्रकाश’, ‘बुलाकी’ जस्ता चलचित्र कर्णाली क्षेत्रमा छायांकन भएका हुन् ।