Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिप्रति युवाको आकर्षण बढिरहेका बेला कुनै समयका नेपाली राजनीतिका धरोहर मानिएका सूर्यबहादुर थापाका गृहजिल्ला धनकुटा जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाप्रति जनविश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ। पार्टीले प्रतिनिधि सभाका लागि युवा नेता जेन्जी विवत्सु थापालाई एकल सिफारिस गरेपछि जिल्लाभर राप्रपाप्रति जनआकर्षण थप सशक्त बन्दै गएको हो। देशले खोजेको, माटोले खोजेको र धनकुटाले खोजेको युवा नेताको रूपमा चिनिँदै आएका थापाप्रति विभिन्न समुदाय र जनस्तरमा उत्साह देखिन थालेको छ। हाल उहाँ परिचयात्मक कार्यक्रम तथा गाउँ–गाउँमा भेटघाट कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवादमा सक्रिय रहनुभएको छ। स्थानीय समस्या, विकासका सम्भावना र राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिकाबारे स्पष्ट धारणा राख्दै उहाँ आगामी निर्वाचनलाई लक्ष्य गर्दै सक्रिय राजनीतिमा जुट्नुभएको छ। धनकुटा जिल्ला पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको ऐतिहासिक राजनीतिक पकड रहेको क्षेत्रका रूपमा परिचित छ। तर उहाँका छोरा सुनिल बहादुर थापा नेपाली कांग्रेसमा समायोजन भएपछि राप्रपाबाट गएका धेरै कार्यकर्ता तथा नेताहरू असन्तुष्ट बनेका थिए। पछिल्लो समय ती कार्यकर्ता तथा नेताहरू पुनः राप्रपातिर फर्किने क्रम तीव्र बन्दै गएको स्थानीय स्रोतहरूले जनाएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार पुरानो संगठनात्मक आधार, नयाँ पुस्ताको नेतृत्व र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमका कारण धनकुटामा राप्रपाको राजनीतिक अवस्था क्रमशः बलियो बन्दै गएको छ। यसले आगामी निर्वाचनमा राप्रपाले उल्लेखनीय सफलता हासिल गर्न सक्ने संकेत देखिएको उनीहरूको विश्लेषण छ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल