Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादका अनेक छन् बान्की

काठमाडौं । सामानता, सद्भाव, न्यायिक व्यवहार, सर्वपक्षीय निर्णय, सोचमा प्रगतिशिलता, व्यवहारमा निष्पक्षता कम्युनिष्ट पार्टीको नेतृत्वका लागि अपरिहार्य सूत्र हुन् । नेपालमा कम्युनिष्टको नाउँ भजाउने चुला चौका लगाउने धेरै भए । तर व्यवहार मौका पाउँदा आफू, आफ्नो सन्तान, नातागोताबाहेक गुटमा केन्द्रति रहने पद्दतिको विकास भएको छ, यस्तो व्यवहारले जनताले वर्तमान संरचनाबाट अपेक्षा गरेको स्वच्छ प्रशासन, सुदृढ र सुझबुझपूर्ण शासनको आशा गर्न पाउँदैन । नारायणकाजीको पनि व्यवहार त्यही हो । नेकपा एमालेको पंक्तिभित्र आफैंभित्र अन्तरपार्टी चुनाव गर्ने एकले अर्कोको अस्तित्व स्वीकार्न नचाहने ठाउँअनुसार कुटपीटमै उत्रने असहयोग गर्ने र धज्जी उडाउने बानी परेको छ । त्यही गुटमा लागेर नवौं महाधिवेशनमा दोस्रो पटक महासचिव बनेका ईश्वर पोखरेल संयोजक रहेको पदक तथा पुरस्कार छनोट समितिले कसरी निष्पक्षता देखाउँछ ?

नेकपामा मति हरायो
नेकपामा पेशागत मर्यादा व्यवसायिकता, निष्ठा र इमान्दारको अब कुनै महत्व छैन । गुटमा समेटिएको छ नेताको निकट छ भने त्यसको लेखाजोखा गरिँदैन । एमाले निकटका कतिजना पत्रकारको राष्ट्रपतिद्वारा दिलाइने पदक र सम्मान पाउन योग्यता पुगेको ठानियो ? राष्ट्रपतिले नै प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार पाएका एक पत्रकारलाई अब ठूलो पदक पाउनुपर्छ भन्नुको तात्पर्य के हो ? राष्ट्रपति विद्या भण्डारी नेपाली जनताकी हुन् कि नेकपा एमालेको ओली गुटकी मात्र राष्ट्रपति हुन् ? यिनले निष्पक्षता देखाएको खोई ? काँग्रेसका डा. रामवरण यादवको छ वर्षे कार्यकालमा राष्ट्रपति कार्यालयनै काँग्रेसका छानिएकाहरूको रोजीरोटीको थलो भयो । त्यो बेला पनि पदक सम्मान र पुरस्कार काँग्रेसीले नै थुपार्थे । अहिले एमालेकी राष्ट्रपति छन् उनले एमालेको ओली गुटको सेवा गरेकी छन् । उनी आफैं प्रधानमन्त्री केपी ओलीको एकल निर्णयले नेकपाको तर्फबाट राष्ट्रपति पदको दोस्री भाग्यमानी बनेकी थिइन् । उनले पदीय मर्यादा, गरिमा बचाउने प्रश्नै थिएन । प्रम ओलीको दम्ब र व्यवहार आफैंलाई राज्यकोषको प्रयोग गर्ने छ । नेपालमा उल्का घटना घट्छन् । प्रत्येक घटनामा जोडिएका पात्रले पैसा खर्च गर्छन् र अपराधबाट मुक्ति लिने प्रवृत्ति छ । नेतृत्वले गलत सोच गलत चिन्तन राख्दा पार्टी निष्पक्षता हुँदैन । एमाले गुटबन्दी र भेदभावमा चुर्लुम्म डुबेको पंक्ति हो । त्यसको केन्द्रीय पदमा ओली गुट हावी भए पनि जिल्ला नेतृत्वमा माधव गुटको बर्चश्व छ । पार्टीको समग्र हिततर्फ सोचाई देखिँदैन । आफू हुँदा आफ्नै सारथी, सहयोगीका निम्ति राष्ट्रको साधन स्रोत प्रयोग गर्नेमा पार्टीका नेताहरू नै अग्रपंक्तिमा छन् । यहाँ नेका पनि अछुतो छैन ।

युद्ध गरेर आएका पनि उस्तै
माओवादीका दिनानाथ शर्मा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत अग्रपंक्तिमा आउँछन् । शर्माद्वयको मन्त्रीत्वकालमा उनकै छोराछोरी ज्वाइँनै सत्ताको प्रयोग गर्न पूर्ण छूट पाउनेमा पर्थे । दिनानाथ शर्माले माओवादी बनेबापत साँवा र ब्याज समेत उठाइसकेका छन् । अहिले शर्मा राष्ट्रियसभामा सत्ता पक्षको संसदीय दलका नेता छन् । जनार्दन शर्मा सभामुख कृष्णबहादुर महरालाई बदनाम गराएर आफू अध्यक्ष प्रचण्डबाट राज्यसत्ताको बढी प्रयोग गर्ने मौका कसले बढी पाउने भन्नेमा केन्द्रीत छ । अहिले यिनले दश वर्षे जनयुद्ध, सहिद परिवार, बेपत्ता तथा घाइतेको समस्यालाई कुल्चिसकेका छन् । ऊर्जामन्त्री वर्षमान पुनको हालत अहिले छर्लङ्ग भएको छ । जनार्दन शर्मा त मौका पर्दा प्रचण्डलाई थुनाउन विदेशी दलालहरूसँग सम्बन्ध राख्ने नेता हुन् । महरामा त्यो निकृष्टता थिएन ।

आचरणमै समस्या
पदक, विभूषण छनोट गर्ने संयोजक ईश्वर पोखरेलले माओवादीको मत बिना चुनाव जित्ने सम्भावना थिएन र अझै छैन । तर उनको संगत राज्य दोहन गर्ने, कर छल्ने, तस्करीमा सहयोगी हुनेहरूसँग बढी छ । पैसालाई उनी महत्व दिन्छन् । त्यही कारण राजा ज्ञानेन्द्र्रले शासन हातमा लिँदा उनको हुर्मत लिएको हो । पदमा बसेपछि गल्ती गर्नबाट जोगिन आफैं सचेत हुनुपथ्र्यो । पोखरेलले आफ्नो कपाल काट्ने लक्ष्मी ठाकुरलाई के आधारमा पदक तथा विभूषण सिफारिश गराए ? पत्रकारहरूकै नाम छनोट गर्दा एमालेकै छान्नै पर्ने के थियो ? काँग्रेस, पूर्व राजावादी, माओवादीले पनि पाउन पर्ने योग्यता, क्षमता, कार्यकुशल र योग्य थिए । आचरण, व्यवसायिक निष्ठा, योग्यता, गलनशीलता पदक छनोटको आधार बनाइएकोले यो वर्षको पदक तथा विभूषण नेकपाको ओली ब्राण्डमा ईश्वर पोखरेलको कृपामा वितरण हुँदैछ भनिएको हो । एमालेकी राष्ट्रपतिले लाहाछाप मात्र लगाइन भनेर भन्नु व्यर्थ छ ।


सम्बन्धित समाचार