Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादास्पद फैसलाले सिंहदरबारमा खैलाबैला

काठमाडौं । सिंहदरबार अगाडिको सर्वोच्च अदालतले गरेको एउटा निर्णयले सिंहदरबारमा खैलाबैला मच्चएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने निर्णय भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो ।

प्रधान न्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका हुन् ।

सर्वोच्‍च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ । सोही व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
कोइराला रिहा हुँदा उनकी प्रेमिका तारा रेग्मी कार लिएर गएकी थिइन् । रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् । उनीहरुले आफूहरुबीच विहे भइसकेको बताएका छन् ।